ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राम्रो नाच्न जान्नेलाई मात्र जागीरको अन्तरवार्ता !

Sep 12, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अहिलेको समयमा राम्रो जागीर पाउन एकदमै कठिन रहेको छ । त्यसमा पनि बढ्दो प्रतिस्पर्धाले रोजगारीका अवसरलाई पनि साँघुरो पार्दै लगेको हामी सबैलाई थाहै छ । बेलायतको वेल्सस्थित ‘करीज’ नामको खुद्रा स्टोरले भने हालै जागीर दिनका लागि वास्तविक अन्तरवार्तामा निम्ता पाउनुअघि उम्मेदवारलाई राम्रो नाच देखाउन लगायो ।

बेलायतका एलन वेकन नामक एक व्यक्ति, जसलाई नाच्न कति पनि मन पर्दैन । तर, उनलाई जब ग्राहकलाई सहयोग गर्ने काम गर्ने एउटा पदका लागि अन्तरवार्तामा जानुअघि नाच्न लगाइयो । उनलाई त्यो जागीरको जरूरत भएकाले उनले नाच प्रस्तुत गरे । यद्यपि, नाचको जागीरसँग कुनै पनि तालमेल थिएन । जागीर पाउने आशामा राम्रो लुगामा प्रस्तुत भएका निवेदकहरुलाई दुई समूहमा विभाजन गरेर एकअर्कासँग नाच्न लगाइएको थियो । ‘जागीर पाउन नाच्नुपर्ने सुनेर एकछिन त म छक्क परेको थिएँ, म नाच्दा पनि नाच्दिन थिएँ होला तर मलाई यो जागीरको एकदमै जरूरत परेकाले मैले यसलाई हाँसेरै स्वीकार गरें,’ अन्तरवार्ता दिन आएका कार्डिफ बेकनले बताए । भर्खरमात्र जागीरबाट निकालिएका एक जना अलि पाको व्यक्तिका लागि कुनै ¥याप गीतमा नृत्य गर्न लगाइएको र त्यो आफूलाई अपमानजनक लागेको पनि बेकनले बताए । हुन त बेकनले त्यो जागीर भने पाएनन् । यो परिस्थिति अहिलेको बढ्दो बेरोजगारीका कारण अहिले जुनसुकै रोजगारी अपनाउनुपर्ने अवस्थाको सही चित्रण रहेको छ । करिजको स्वामिङ्खव रहेको कम्पनी डिक्सन रिटेलले भने यो समाचार बेलायती पत्रिकाहरुमा प्रकाशित भएपछि माफी माग्दै प्रेस वक्तव्य प्रकाशित गरेको छ । वक्तव्यमा उसले आफ्ना व्यवस्थापकहरुले उम्मेदवार चयनसम्बन्धी कम्पनीको औपचारिक प्रक्रिया पूरा नगरेको भन्दै उम्मेदवारलाई पुनः अन्तरवार्तामा मौका दिने बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)