ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पञ्चासे केवलकारमा १ हजार जनाले रोजगारी गरेर शेयर सदस्य बन्न सक्ने

Feb 1, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

माघ १८, पर्वत । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी र लगानीको अवसर दिने भएको छ । पञ्चासेसँग जोडिएका पर्वतको मोदी गाउँपालिका, कुश्मा नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दालाई यो सुविधा दिइने कम्पनीले बताएको छ ।

पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीय स्थल पञ्चासेमा केवलकार सहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा आधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र शेयर लगानीको अवसर दिन लागेको हो । स्थानीय रुपमा बसोबास गर्ने, आयश्रोत नभएका र तत्काल कम्पनीले तोकेको न्यूनतम पूँजी पर्‍याउन सक्ने हैसियत नभएका किसान मजदुरहरुलाई मात्र यस कार्यक्रम मार्फत सुविधा दिन लागिएको पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

‘आयोजनाले स्थानीयलाई नै फाइदा दिने योजना बनाएको छ,’ उनले भने, ‘सर्वसाधारणबाट स्थानीय वडा कार्यालय मार्फत आवेदन संकलन गर्न थालिएको छ ।’ आवेदन दिएका मध्येबाट स्थानिय निकायको सहकार्य र सिफारिसमा छनोट गरिने अध्यक्ष शर्माले जानकारी दिए ।

कम्पनीमा एक परिवारले कम्तीमा १ लाख रुपैयाँ लगानी गर्नुपर्छ । एक लाख लगानी गर्न नसक्ने र रोजगारी गरेर त्यसैबाट पनि शेयर सदस्य बनी मुनाफामा सहभागी बन्न सक्ने भएकाले प्रभावित क्षेत्रका लागि अवसर भएको अध्यक्ष शर्माको भनाइ छ । कम्पनीले ९ हजार ७ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने योजना बनाएको छ । शेयर योजनामा भने करीब एक हजार जनालाई सहभागी बनाउने योजना कम्पनीको छ ।

यो सुविधा लिएपछि एकाघर परिवारले अन्य शेयर लिन भने बन्देज लगाइएको छ । एकाघर परिवारले बढीमा १ लाखसम्मको मात्र सुविधा लिन सक्ने छन् । अंशवण्डा गरेका दाजुभाई, बाबुछोराको हकमा भने यो नियम लागू नहुने कम्पनीका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि शर्मा तिमिल्सिनाले बताए ।

कम्पनीले स्थापना गरेको ‘टुरिज्म इन्भेस्टमेन्ट फण्ड’ मार्फत लगानी गुरुयोजना बनाइएको छ । यसको भुक्तानीका लागि ३ वर्षभित्र परियोजनाले उपलब्ध गराएको रोजगारी बापत पाउने पारिश्रमिकको हिस्साबाट किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बताइएको । यस बापत कुनै ब्याज तिर्न÷बुझाउन पर्ने छैन । परियोजनाको रोजगारी उपयोग नगरी पनि यो सुविधा लिन सकिने व्यवस्था गरिएको छ । वार्षिक ५० हजारभन्दा कम उत्पादन र आम्दानी भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखिने कम्पनीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)