ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर धितोमा राखेर लिने (मार्जिन)कर्जाको व्याजदर ब्रोकर र ग्राहकको सम्झौताका आधारमा तय हुने

Feb 2, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
माघ १९, काठमाडौं । धितोपत्र लगानीकर्ताले अब धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूसँग सम्झौता गरेको आधारमा ऋणको व्याजदर निर्धारण गरी शेयर धितो राखी लिने (मार्जिन) कर्जा लिन पाउने भएका छन् । लामो समयदेखि व्याजदर निर्धारणमा लागि परेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रवार यस्तो सूचना सार्वजनिक गर्दै ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर ब्रोकर र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भए अनुसार हुनुपर्ने व्यवस्था गरेको हो । ब्रोकर कम्पनीहरूमार्फत गत साउन मै मार्जिन कारोबार गर्न बाटो खुले पनि उनीहरूले कर्जा प्रवाहमा कति व्याजदर निर्धारण गर्ने भन्नेबारे कुनै आधार नभएकाले कार्यान्वयन हुन सकेको थिएन् । यसबारे बोर्डले अध्ययन गरिरहेको थियो । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार मार्जिन कर्जाको व्याजदर बजारको माग र आपूर्तीका आधारमा हुने भएपनि यसबारे निर्धारण गर्न राष्ट्र बैंकले सेबोनलाई निर्देशन दिएको उनले बताए । सेवोनका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालका अनुसार धितोपत्र दलालले मार्जिन कारोवार सुविधा उपलब्ध गराए वापत ग्राहकसँग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउनु पर्ने छ । धितोपत्रको मार्जिन कारोबारको सुविधाबारे जानकार नभई लगानी गरेमा मार्जिन कारोबार जोखिमपूर्ण हुने भएकाले कर्जा दिनुअघि लगानीकर्तालाई यसबारे पर्याप्त जानकारी दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ब्रोकर कम्पनीलाई सेवोनले निर्देशन दिएको छ । सेवोनका अनुसार सुविधा लागू गर्नुअघि यस सम्बन्धमा लगानीकर्ताहरुलाई पर्याप्त जानकारी दिन नेप्से र धितोपत्र दलाल व्यवसायीमार्फत सचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्ने छ । यसैगरी, मार्जिन कारोवार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी तथा यसबारेको सुपरीवेक्षण व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन आवश्यक भएकाले यसबारेमा नेप्सेले नियमित र सघन रुपमा सुपरीवेक्षण÷अनुगमन गर्ने व्यवस्था गरेको छ । मार्जिन कारोबार सुविधा अभ्यासमा आएपश्चात मार्जिन कारोबारका लागि धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप (इन्र्टभेन्सन) तथा नियमन÷सुपरिवेक्षण गर्न सक्ने बताईएको छ । साथै वोर्डको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४ र नेप्सेले बनाएको मार्जिन कारोवार सुबिधा सम्बन्धी कार्यविधि, २०७५ सहित मार्जिन कारोवार सुविधा सम्बन्धमा बोर्डले गरेका व्यबस्थावारे नेपाल राष्ट्र बैंकलाई जानकारी गरेको छ । धितोपत्र बजारमा मार्जिन कारोवार सुबिधा उपलव्ध भए पश्चात धितोपत्र व्यवसायको कार्य दायरा फराकिलो हुने, लगानीकर्तालाई एकै ठाउँबाट कारोवार गर्न सहज हुने बोर्डको भनाई छ । मार्जिन कारोबार कार्यान्वयनमा आएपश्चात दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि हुने र समग्र धितोपत्र बजारको विकास तथा विस्तार हुने बोर्डको अपेक्षा छ । राष्ट्र बैंकले गत पुस ११ गते निर्देशन जारी गर्दै धितोपत्र व्यवसायीबाट हुने मार्जिन ट्रेडिङ सम्बन्धि कारोबारको लागि राष्ट्र बैंकबाट स्विकृति लिन परिपत्र जारी गरेको थियो । उक्त परिपत्र अनुसार यस्तो कारोबारको सम्बन्धमा प्रचलित कानूनी व्यबस्थाको अधिनमा रही नेपाल धितोपत्र बोर्डको नीति तथा निर्देशन अनुरुप हुनेछ । त्यस्तो धितोपत्र व्यवसायीलाई नेपाल धितोपत्र बोर्डको सिफारीसमा यस बैंकबाट राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ मा भएको व्यवस्था बमोजिम स्वीकृति प्रदान गरिने निर्देशनमा उल्लेख छ
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)