ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेज ऐन संशोधन गर्न बनेको विधेयक संसदमा पेश

Feb 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
माघ २०, काठमाडौं । उद्योगमन्त्री मातृका प्रसाद यादवले विशेष आर्थिक क्षेत्र ऐन (सेज)–२०७३ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक–२०७५ लाई छलफलका निम्ति संसदमा प्रस्तुत गरेका छन् । सांसद प्रेम सुवालको विरोधको प्रस्तावका बिच उनले दफावार छलफलका निम्ति उक्त विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन । सो क्रममा मन्त्री यादवले आर्थिक रुपमा फड्को मार्नका निम्ति उक्त विधेयक ल्याइएको बताए । आयात गरेर मुलुक सधैँभर धान्न कठिन हुने बताउँदै मन्त्री यादवले उत्पादन बढाउनतर्फ सरकार क्रियाशिल रहेको जानकारी दिएका छन् । उनका अनुसार निजी क्षेत्रलाई साथमा लिएर आर्थिक क्रियाकलाप बढाउन सरकारले उक्त विधेयक ल्याएको हो । उनले भने,‘सबै क्षेत्रको साझेदारीमा आर्थिक समृद्धीको बाटोमा हिड्नुपर्ने आवश्यकता छ, त्यसैले पनि यो विधेयक संसदमा प्रस्तुत गरेको छु ।’ विधेयकको विपक्षमा देखिएका संसद सुवालले निजी क्षेत्रलाई सेजको जिम्मा दिएर सरकार जनताबाट भाग्न खोजेको बताए । उनले भने, ‘सबै कुरा निजी क्षेत्रलाई दिएर सरकार जनताबाट भाग्न खोज्दैछ, यो गलत हो ।’ भ्रष्टाचारका कारण मुलुकमा उद्योगधन्दाको विकास नभएको बताउँदै भ्रष्टाचार हटाएर सरकार आफैँले उद्योगको विकास गर्नुपर्छ । उक्त विधेयकले नेपाली जनता सबैलाई लगानी गर्ने वातावरण सिर्जना नगर्ने र एउटैलाई अर्बौं लगानी गर्ने वातावरण बन्ने उनको दावी छ । उक्त विधेयक संसदबाट दफावार छलफलका निम्ति पारित भएसँगै अब संसदीय समितिमा छलफल हुनेछ । यस्तो छ संशोधन प्रस्ताव:-

सेज ऐन संशोधन विधेयक संसद्मा : सेज स्थापना र सञ्चालन निजीक्षेत्रलाई पनि खोल्न प्रस्ताव

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)