ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२० वर्षपछि ‘रूम रेनोभेशन’मा र्‍याडिशन होटल : ‘र्‍याडिशन ब्लू’ ब्रान्ड स्तरको सेवा प्रवाहको तयारी

Feb 4, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले र्‍याडिशन होटल सञ्चालनको २० वर्षपछि ‘रूम रेनोभेशन’को काम अघि बढाएको छ । अन्तरराष्ट्रिय होटल चेन ‘र्‍याडिशन होटल ग्रूप’को उच्चस्तरीय ब्रान्ड ‘र्‍याडिसन ब्लू’ स्ट्यान्डर्डको सेवा प्रवाहका लागि अहिले कम्पनीले ४० ओटा कोठामा ब्रान्डको स्तरअनुसारको सेवा प्रवाह गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले पहिलो चरणमा ती कोठाको ‘रेनोभेशन’को काम गरिरहेको छ । पुरानो भवनका १ सय ६० ओटा कोठालाई नै नयाँ ढाँचामा विकसित गर्ने योजना बनाएको कम्पनीले पहिलो चरणमा ४० ओटा कोठालाई भत्काएर नयाँ रूप दिएको छ । यसबाट पहिलेभन्दा निकै उच्चस्तरीय सेवा दिन सकिने कम्पनीको दाबी छ । गत अगस्तदेखि कोठाहरूको मर्मतसम्भार गर्दै आएको कम्पनीले रेनोभेशनको काम भने मार्चको अन्त्यसम्ममा पूरा हुने जानकारी दिएको छ । रेनोभेशनपछि कोठाहरू थप आधुनिक र अझ बढी आरामदायी र प्रिमियमस्तरको हुने होटलको दाबी छ । पुरानो भवनका सबै कोठा अहिले सञ्चालनमा आएका छैनन् । रेनोभेशनको काम सकिएपछि पुरानो भवनमा रहेका कोठा सबै सञ्चालनमा आउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पुरानो भवनका सबै कोठा रेनोभेशन गर्ने योजना रहेको छ । कम्पनीसँग ‘¥याडिशन काठमाडौं’मा २ ओटा भवन छन् । यसमा २ सय ६० ओटा कोठाबाट कम्पनीले अहिले सेवा प्रवाह गर्दै आएको छ । यी कोठा पहिलेभन्दा तुलनात्मक रूपमा केही महँगो पर्ने कम्पनीले बताएको छ ।सुविधाहरू थपिएको र ब्रान्ड को स्ट्यान्डर्डअनुसार व्यवस्थापन हुने भएकाले कोठाहरू केही महँगो पर्ने कम्पनीले स्पष्ट पारेको छ । सुविधाअन्तर्गत वाइफाइ, कोठाभित्र प्रकाशको अवस्था, बेडको सुविधा, गुणस्तरीय ध्वनि, खुला ठाउँलगायत उच्चस्तरीय सेवा दिने तयारी कम्पनीको छ । होटल खोल्ने क्रम बढ्दै जाँदा प्रतिस्पर्धा पनि उत्तिकै भएकाले पनि अहिले कम्पनीले पुराना कोठाहरूलाई नयाँ स्वरूप दिने तयारी गरेको छ । कम्पनीका अनुसार होटलमा भारतीय, अमेरिकी, चिनियाँ, अस्टे«लियाली पाहुना बढी आउँछन् । कम्पनीका अनुसार आर्थिक वर्ष २०७४/७५ मा होटलको अकुपेन्सी ६२ दशमलव २६ प्रतिशत रहेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)