ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटको अर्धवार्षिक समीक्षाको तयारी तीव्र

Feb 5, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटको अर्धवार्षिक समीक्षाका लागि तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी साताभित्रै समीक्षा गर्न तयारी तीव्र पारिएको हो । भौतिक पूर्वाधार, शहरी विकास, शिक्षासहितका विभिन्न सात मन्त्रालयसँग बजेट खर्चको प्रगतिबारे बुधवार अर्थ मन्त्रालयले जानकारीसमेत लिएको छ । ती मन्त्रालयले आआफ्नो प्रगति विवरण अर्थ मन्त्रालयलाई उपलब्ध गराएका छन् । मन्त्रालय स्रोतका अनुसार चालू आवको बजेटको खर्चको अवस्था तथा विकास निर्माणसँगै मुलुकका अर्थतन्त्रको सूचकको अवस्थासहित सरकारले अर्धवार्षिक समीक्षा गर्न लागेको हो । आगामी आव २०७६/७७ को बजेट तयारी गर्नुपर्ने समयको चापका कारण पनि अर्धवार्षिक समीक्षा गर्न ढिलाइ नगरिने मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार यो समीक्षालाई आगामी आवको बजेट निर्माणको आधारका रूपमा हुने छ । समीक्षामार्फत सरकारले राज्यको लक्ष्य प्राप्त गर्न र सार्वजनिक खर्च व्यवस्थापन गर्न राजस्व नीतिमा कडाइ गर्न लागेको स्रोतको दाबी छ । अर्थ स्रोतले भन्यो, ‘भन्सार मूल्यांकन यथार्थपरक अझै पनि हुन सकेको छैन, त्यसलाई समीक्षामार्फत थप कडाइ गर्ने तयारी छ ।’ हाल सरकारको लक्ष्यअनुसार राजस्व संकलन हुन सकिरहेको छैन । यस्तै, गैरबजेटरी कार्यक्रमलाई सरकारले समीक्षामार्फत थप कडाइ गर्ने तयारीसमेत गरेको छ । आर्थिक वृद्धिदरको लक्ष्य बढाउन वैदेशिक सहयोग वृद्धि गर्नेसमेत तयारी भैरहेको छ । चालू आवको माघ १५ सम्म कुल बजेटको ३१ दशमलव २३ प्रतिशतमात्रै बजेट खर्च भएको छ । त्यसमध्ये चालू खर्च उच्च छ भने विकास खर्च सरकारले सोचेअनुसार बढ्न सकेको देखिँदैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)