ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कम्प्युटर बढी प्रयोग गर्ने कर्मचारीको अतिरिक्त छुट्टी कटौती !

Sep 16, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

राम्रो काम गर्ने कर्मचारीलाई बोनसलगायतका अन्य सुविधा दिइँदै आएको हामी सबैले सुन्दै आएका छौं । तर, ग्रीसमा भने कर्मचारीलाई दिइँदै आएको सुविधामा कटौती गरिने भएको छ । यूरोपेली राष्ट्र ग्रीसमा ऋणसङ्कटसँग जुझ्न गरिएको खर्चकटौतीको उच्च प्रभाव सरकारी कर्मचारीलाई परेको छ । ग्रीस सरकारले कम्प्युटरको बढीभन्दा बढी उपयोग गर्ने सरकारी कर्मचारीलाइ वर्षेनि ६ दिनको छुट्टी दिने व्यवस्था गर्दै आएको थियो । यो प्रक्रिया २ दशकभन्दा बढी समयसम्म चलेको भए पनि अब यो प्रणालीमा कटौती गरिने भएको छ ।

अन्तरराष्ट्रिय मुद्रा कोष र यूरोजोनको सहयोगमा ग्रीसको दुईपटक वित्तीय उद्धार भएयता ग्रीसमा खर्चकटौतीका नयाँ उपाय अपनाइँदै आइएको छ । राज्यको खर्चकटौती तथा सार्वजनिक क्षेत्रको सुधारका लागि कार्यक्षेत्रमा कम दक्षता र कौशल भएका ६ लाख कर्मचारी कटौती गर्दै लगिएको पनि बताइएको छ । यसअघि पनि खर्चकटौती भन्दै कर्मचारीलाई दिने सुविधा कम गर्दै लगिएको थियो । उदाहरणका लागि काममा उपस्थित भएबापत दिने गरेको बोनस र बिहे नभएकी छोरीले बाबुको पेन्सन पाउने नियम यसअघि नै हटाइसकेको छ ।

यस्तै, कम्प्युटर प्रयोग गर्नेलाई दिइने बोनस हटाउने निर्णय पुरानो सरकारी सेवालाई आधुनिकतातर्फ लैजाने सानो तर प्रतिकात्मक कदम भएको प्रशासनिक सुधारमन्त्री किरियाकोस मिटसोटाकिजले बताएका छन् । एक दिनमा ५ घण्टाभन्दा बढी समय कम्प्युटर अगाडि बस्ने कर्मचारीलाई हरेक २ महीनामा एक दिन छुट्टी दिने निर्णय मिटसोटाकिजका पिताले आमनिर्वाचन जित्नुभन्दा एक हप्ता अगाडि सन् १९८९ जुन १२ मा लिइएको थियो । ‘त्यो समयको कुरा बेग्लै थियो, अहिलेको सङ्कटको समयमा हामी त्यस्तो विशेषाधिकारको समर्थन गर्न सक्दैनौं,’ मिटसोटाकिजले बताए । यूरोपेली सङ्घ र अन्तरराष्ट्रिय मुद्रा कोषले ग्रीसलाई यो वर्षको अन्त्यसम्ममा सार्वजनिक क्षेत्रका २५ हजार कर्मचारीलाई या त कामबाट हटाउने या अर्को कुनै विभागमा सरूवा गर्नुपर्ने चेतावनी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)