ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिहीवारको उच्च विद्युत् माग करीब १,१४४ मेवा

Feb 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
आयात बढाएर सन्तुलन : घिसिङ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रको तथ्यांक अनुसार बिहीवारको सबैभन्दा उच्च विद्युत् माग १ हजार १४३ दशमलव ७ मेगावाट (मेवा) रेकर्ड भएको छ । देशभित्रका जलविद्युत् आयोजनाको उत्पादनले मात्रै नधानेपछि भारतसँगको आयातमा वृद्धि गरी आपूर्ति सन्तुलन गरिएको छ । चिसो मौसमका कारण नदीमा पानीको मात्रा घटी आन्तरिक उत्पादन कम भएका कारण विद्युत् आयात बढाउनुपर्ने अवस्था रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हामी आजभोलि ५ सयदेखि ६ सय मेगावाटको बीचमा विद्युत् आयात गरिरहेका छौं,’ उनले भने, ‘पानी परेर मौसम थप चिसो भएका कारण आन्तरिक उत्पादन कम हुँदा आयात गर्न सकिने उच्चतम विन्दुसम्म पनि जानुपर्ने हुन्छ ।’ नेपालले भारतका विहार र उत्तरप्रदेश प्रान्तबाट गरी कुल ११ विन्दुबाट विद्युत् आयात गर्दै आएको छ । सम्झौता अनुसार उक्त विन्दुहरूबाट उच्चतम ६४७ मेवासम्म विद्युत् आयात गर्न सकिन्छ । बिहीवार प्राधिकरण र निजीक्षेत्रका आयोजनाबाट गरी उच्च विद्युत् उत्पादन ५४३ दशमलव ७ मेवा रहेको थियो । उपभोक्ताबाट आइरहेको मागभन्दा आन्तरिक उत्पादन ६ सय मेवाले कम भएपछि त्यसलाई सन्तुलन गर्न प्राधिकरणले सोही परिमाणमा विद्युत् आयात गरेको हो । गएको वैशाखसम्म विद्युत् माग उच्च हुने समय (पीक आवर)मा उद्योगतर्फ ३ सय मेवाको लोडशेडिङ थियो । वैशाखको अन्तिम दिनबाट उद्योगको पनि लोडशेडिङ अन्त्य गरिएसँगै साँझको विद्युत् प्रणालीमा सो समयको माग ३ वृद्धि भएको छ । विद्युत् उत्पादनमा कमी १४४ मेगावाट (मेवा) विद्युत् उत्पादन क्षमता रहेको कालीगण्डकी ए जलविद्युत् आयोजनाको हालको औसत विद्युत् उत्पादन ८६ मेवा रहेको छ । त्यसैगरी ७२ मेवा क्षमताको मध्यमस्र्याङ्दीको विद्युत् उत्पादन औसतमा २९ मेवा छ । यी दुवै दिनभरि पानी थुनेर साँझ बिहानको उच्च विद्युत् माग हुने समयमा मात्रै सञ्चालन गरिने (पीआरओआर) आयोजना हुन् । हिउँ जमेर बस्ने र वर्षा पर्याप्त पनि नहुने यो समयमा नदीको पानीको मात्रामा आउने कमीले सबै आयोजनाको विद्युत् उत्पादन घट्ने गर्छ । त्यसमा पनि पानी नथुनी बगिरहेको पानीका आधारमा विद्युत् निकाल्ने (आरओआर) आयोजनाहरूको विद्युत् उत्पादन त कुल क्षमताको करीब १ तिहाइमा सीमित भएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)