ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुपति क्षेत्रमा कंक्रिट सामग्री प्रयोग नगर्न सर्वोच्चको आदेश

Feb 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रभित्रका पुरातात्त्विक महत्त्वका वस्तुहरू नष्ट नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । हाल पशुपति क्षेत्रभित्र भइरहेका निर्माणमा कंक्रिटका सामग्रीहरू प्रयोग भएको देखिएको उल्लेख गर्दै सर्वोच्चले पशुपति क्षेत्र विकास कोष, पुरातत्त्व विभाग लगायत निकायलाई अन्तरिम आदेश जारी गरेको हो । त्यस्ता सामग्री प्रयोगबाट पशुपति क्षेत्रको परम्परागत शैली नष्ट हुने बताउँदै अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्चमा रीट दायर गरेका थिए । त्यस्ता निर्माण सामग्री प्रयोगमा रोक लगाउने/नलगाउने भन्नेबारे बुधवार कोष र रीट निवेदक मिश्रबीच सर्वोच्चमा छलफल पनि भएको थियो । पशुपति क्षेत्रभित्र परम्परागत निर्माण सामग्री नै प्रयोग गर्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । मृगस्थली घुम्न सजिलो बनाउने उद्देश्यले कोषले श्लेषमान्तक वन क्षेत्रमा सिमेन्ट प्रयोग गरेर पदमार्ग निर्माण थालेपछि त्यसको विरोध भइरहेको छ । त्यस क्षेत्रमा शव गाड्न पनि कंक्रिटका सामग्री प्रयोग हुँदै आएको छ । यसअघि २०७३ पुसमा पनि सर्वोच्चले त्यस क्षेत्रमा कंक्रिटका सामग्री प्रयोग नगर्न आदेश दिएको थियो । पशुपति क्षेत्र लगायत नेपालका १० स्थान संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को विश्व सम्पदा सूचीमा छन् । ती स्थानको मौलिकता मास्न नपाइने प्रावधान छ । यस्ता थानमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न पाइँदैन । रीट निवेदनमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत पशुपति क्षेत्रभित्र पुरातात्त्विक वस्तुहरू नष्ट गर्ने, भत्काउने, हटाउने, परिवर्तन गर्ने, विरूप पार्ने लगायत काम सरकारका जिम्मेवार निकायबाटै भइरहेको उल्लेख थियो । पशुपतिनाथ मन्दिर नजीकबाट गु≈येश्वरीसम्म फराकिलो सडक निर्माण गरिएको छ । यस्तै, भूकम्पबाट भत्किएका पाटीपौवा र मन्दिरमा कंक्रिट सामग्री प्रयोग गरेर पुनर्निर्माण गरिएको थियो । विभिन्न ठाउँमा मौलिकता हराउने गरी डोजर लगाइएको थियो । सर्वोच्चको आदेशपछि त्यस्ता गतिविधि बन्द हुनुपर्ने वरिष्ठ अधिवक्ता रविनारायण खनालले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)