ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुरूषको तुलनामा महिला कम भ्रष्ट

Sep 17, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पछिल्लो समय नेपालमा मात्र नभएर विदेशमा समेत भ्रष्टाचारका विभिन्न घटना सुनिएका छन् । हरेक देश, हरेक क्षेत्र र हरेक कार्यालयमा भ्रष्टाचार व्याप्त छ । यसै सन्दर्भमा महिला पनि पुरूषसरह काम गर्न सक्छन् भनेर पुष्टि भइसकेको अवस्थामा यी दुईमध्ये को बढी भ्रष्ट हुन्छ भन्ने अध्ययनको विषय पनि हो । यसै क्रममा अमेरिकाको राइस विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा भने पुरूषको दाँजोमा महिला कम भ्रष्ट हुने गरेको तथ्य भेटिएको छ । अध्ययनअनुसार प्रजातान्त्रिक सरकार भएको देश, जहाँ निजी फाइदाका लागि सरकारी पदको दुरूपयोग गर्नेलाई मतदाता वा अदालतले नै कारबाही गर्ने गर्दछ, त्यस्ता देशहरुमा महिलाले भ्रष्ट व्यवहारलाई कम सहन्छन् ।

‘भ्रष्टाचार र लैङ्गिक विविधताको सम्बन्ध सन्दर्भप्रति निर्भर रहन्छ,’ राइस विश्वविद्यालय राजनीतिक विज्ञानका सहप्राध्यापक तथा यस अध्ययनका प्रमुख लेखक जष्टिन इसारेले भने । ‘भ्रष्टाचारलाई कलङ्कका रुपमा लिइने प्रजातान्त्रिक समाजमा पुरूषको तुलनामा महिला यसप्रति कम सहनशील पाइएको छ भने उनीहरु भ्रष्टाचारमा समेत कम सहभागी भएका छन्,’ उनको कथन छ । तर, यदि उक्त समाजमा भ्रष्ट व्यवहारलाई राजनीतिक संरक्षण नै प्राप्त छ भनेचाहिँ त्यहाँ यस्तो लैङ्गिक भिन्नतामा कुनै ठूलो अन्तर नरहने इसारेको भनाइ छ । त्यस्तै, यसअघिका अध्ययन अनुसन्धानहरुमा भने सरकार वा संसद्मा बढीभन्दा बढी महिलाको सहभागिता हुन्थ्यो भने यसलाई भ्रष्टाचार कम हुने अवस्थाका रुपमा समेत चित्रण गर्ने गरिने उनले बताए ।

त्यसैगरी, भ्रष्टाचार बिगबिगी भएको स्थानमा भने महिलाले त्यहाँको प्रणालीलाई चुनौती दिनुभन्दा यथास्थितिवादलाई अपनाउने गरेकोसमेत उनको कथन छ । यस अध्ययनलाई दुई भागमा पूरा गरिएको थियो । पहिलो भागमा ट्रान्सपरेन्सी इण्टरनेशनल, विश्व बैङ्क गभर्नेन्स इण्डिकेटर र इण्टरनेशनल क्राइसिस रिस्क ग्रूपलगायतका भ्रष्टाचारमाथि छानबिन तथा मापन गर्ने सङ्गठनहरुको सहयोगमा राष्ट्रियस्तरमा व्याप्त भ्रष्टाचारको मूल्याङ्कन गरिएको थियो । दोस्रोमा चाहिँ वल्र्ड भ्यालु सर्भे (डब्ल्यूभीएस)द्वारा सङ्कलित तथ्याङ्कलाई लिएर ती देशमा भ्रष्टाचारप्रतिको मानिसहरुको मनोवृत्तिलाई व्यक्तिगतस्तरमा केलाइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)