ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी लगानीका कम्पनी : लगानीको स्रोत माग्दा सम्पर्कविहीन

Feb 12, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । उद्योग विभागमा दर्ता भएर विदेशी मुद्रा भित्र्याउने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेका २८ विदेशी कम्पनी लामो समयदेखि सम्पर्कविहीन बनेका छन् । करीब ३ वर्षअघि स्वीकृत विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकमा निवेदन दर्ता गराएका ती कम्पनी लगानीको स्रोत खुल्ने कागजात मागेपछि सम्पर्कमै नआएको केन्द्रीय बैंकले बताएको छ । ती कम्पनीले आर्थिक वर्ष (आव) २०७२/७३ यता विदेशी मुद्रा भित्र्याउन केन्द्रीय बैंकमा फाइल दर्ता गराएका थिए । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाका अनुसार आवश्यक कागजात ल्याउन भन्दै गएका ती कम्पनी पुनःसम्पर्कमा आएका छैनन् । केन्द्रीय बैंकले ती कम्पनीको फाइल दर्ता गर्दा लगानीको आयस्रोत खुल्ने कागजात मागेको थिएन । अहिले भने सबै कागजात जम्मा भएपछि मात्र फाइल दर्ता गर्ने गरिएको ढुंगानाले बताए । वर्तमान कानून अनुसार रू. १० अर्बसम्मको विदेशी लगानीका लागि शुरूमा उद्योग विभागबाट स्वीकृति लिई कम्पनी दर्ता गर्नुपर्छ । त्यसपछि रकम भिœयाउन केन्द्रीय बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था छ । साथै, विदेशी मुद्रा भित्र्याइसकेपछि पनि नियमित रूपमा विवरण (लेखांकन) अद्यावधिक गर्न र मुनाफा वा लगानी फिर्ता लैजान राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । विदेशी मुद्रा भित्र्याउने प्रतिबद्धताअनुसार कम्पनी दर्ता गर्न स्वीकृति दिइने गरेको उद्योग विभागका निर्देशक प्रशान्त बोहराले बताए । ‘रकम भित्र्याउन भने राष्ट्र बैंकको अनुमति लिनुपर्छ,’ उनले भने । विदेशी लगानीका कम्पनी तथा उनीहरूका प्रतिनिधि भने नेपाल राष्ट्र बैंकले अनावश्यक दुःख दिने गरेको गुनासो गर्छन् । इजरायली नागरिक प्रवद्र्धक रहेको पाल्म होटल एन्ड रेस्टुराँ नेटवर्कले होटल सञ्चालनका लागि विदेशी लगानी भिœयाउन २०७४ जेठ ७ मा केन्द्रीय बैंकमा निवेदन दर्ता गरेको थियो । सो कम्पनीमा विदेशी लगानी स्वीकृतिमा सहजीकरण गरेका कानून व्यवसायी दमनबहादुर चन्दका अनुसार कागजात नपुगेको बताउँदै धेरै पटक फाइल फर्काइएपछि लगानीकर्ता पलायन भए । ‘तीन महीनासम्म केन्द्रीय बैंक धायौं, कर्मचारीबाट व्यक्तिपिच्छे फरक फरक माग आउँथ्यो,’ चन्दले भने, ‘कसैले कागजात मिल्यो भन्थे, कसैले भएन भन्थे ।’ त्यसैले व्यवसायी दिक्क भएको उनले बताए । ‘त्यसपछि मेरो भेट भएको छैन । उनी आप्mनै देश फर्किए,’ चन्दले भने । राष्ट्र बैंकले भने सो कम्पनीले व्यक्तिगत खातामा लगानी रकम भित्र्याउन स्वीकृति माग गरेपछि इजरायली नागरिक सम्पर्कमा नआएको बताएको छ । लगानी भित्र्याइसकेका २३ कम्पनी पनि सम्पर्कविहीन विदेशी लगानी भित्र्याएका तर त्यसको नियमित लेखांकन नगराएका २३ कम्पनीसमेत सम्पर्कविहीन रहेको कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए । ती कम्पनीले आयव्यय विवरण लेखांकन नगरे नाफा वा कम्पनी विक्री गरेर आम्दानी विदेश लैजान पाउने छैनन् । आप्mनो लगानी फिर्ता लान चाहेको युनिक इन्जिनीयर्स कन्स्ट्रक्शन प्रालिसँग बैंक स्टेटमेन्ट मागिएको थियो । २०७४ असार १३ मा दर्ता भएको सो कम्पनी कारोबारको विवरण (स्टेटमेन्ट) उपलब्ध नगराई सम्पर्कविहीन भएको राष्ट्र बैंकको भनाइ छ । बेखबर बनेका त्यस्ता कम्पनी यही माघ मसान्तसम्म सम्पर्कमा नआए फेरि कागजात जुटाएर दर्ता गर्नुपर्ने प्रावधान भएको राष्ट्र बैंकको भनाइ छ । त्यसका लागि केन्द्रीय बैंकको विदेशी विनिमय विभागले गत पुस २९ मा ३० दिने सूचना जारी गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)