ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन् २०१९ को पहिलो महीनामै आए करीब ९२ हजार पर्यटक

Feb 13, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सन् २०१९ को पहिलो महीनामा ९१ हजार ७९३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । उक्त संख्या हवाई र स्थलमार्ग दुवैको हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ जनवरीको तुलनामा पर्यटक आगमनमा २५ प्रतिशतको वृद्धि देखिएको छ । हवाई मार्गबाट ७७ हजार ३ सय र स्थल मार्गबाट १४ हजार ४९३ विदेशी नागरिक नेपाल आएका छन् । सन् २०१८ जनवरीमा ७३ हजार १८७ विदेशी पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागका अनुसार जनवरीमा सबैभन्दा बढी भारतीय नागरिक नेपाल भ्रमणमा आएका छन् भने दोस्रो संख्या चिनियाँ पर्यटकको छ । भारतबाट १४ हजार ६५० र चीनबाट १३ हजार ६५० जनाले जनवरीमा नेपाल भ्रमण गरेका छन् । दुई छिमेकी बाहेक थाइल्यान्ड, अमेरिका र दक्षिण कोरियाका पर्यटक ‘टप फाइभ’मा परेका छन् । सन् २०१८ जनवरीको तुलनामा भारतबाट २०, चीनबाट १४, थाइल्यान्डबाट ६९ दशमलव ८, अमेरिकाबाट २८ दशमलव १र दक्षिण कोरियाबाट ८९ दशमलव ४ प्रतिशत पर्यटकको आगमन वृद्धि भएको छ । दक्षिण एशियाली मुलक (सार्क बाट गतवर्षको तुलनामा १ प्रतिशतले पर्यटक आगमनमा वृद्धि देखिएको छ । यूरोपेली मुलुकहरूबाट २० प्रतिशतको वृद्धि देखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सन् २०१९ को पहिलो महीनामै देखिएको पर्यटक आगमनको वृद्धि उत्साहजनक रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । अन्तरराष्ट्रिय समुदायमा नेपालप्रतिसकारात्मक सन्देश प्रवाह भइरहेको तथा सरकार र निजीक्षेत्र दुवै पर्यटन प्रवर्द्धनमा लागेकाले यो परिणाम आएको उनको भनाइ छ । सन् २०१८ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए ।सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । नेपाल भ्रमण वर्ष २०२० का सदस्य सचिव नन्दिनी लाहे थापाले उक्त लक्ष्य चुनौतीपूर्ण भए पनि अहिले भइरहेका प्रयास र नेपालको विभिन्न मुलुकसँगको हवाई सम्पर्क विस्तारले पनि पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको बताइन् । उनले भनिन्, ‘सन् २०१९ भित्रै भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने र त्यसबाट बौद्धमार्गीहरूको बाहुल्य रहेका मुलुकहरूसँग सीधा सम्पर्क विस्तार हुने भएकाले पनि यो लक्ष्य प्राप्त हुने विश्वास छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)