ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्रीकै निगरानीमा रहेका ठूला आयोजनाको प्रगति निराशाजनक

Feb 13, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
विनियोजित बजेटको ३४% मात्रै खर्च काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निगरानीमारहेका ठूला विकासे आयोजनाको प्रगति नै निराशाजनक देखिएको छ । राष्ट्रिय गौरवका २१ ओटा आयोजनामध्ये प्रायः सबैले चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा छुट्याएको बजेट खर्च नै गर्न सकेका छैनन् । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनले ठूला आयोजनालाई विशेष प्राथमिकतामा राख्दै आएका छन् । प्रधानमन्त्री मातहतको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ठूला आयोजनाको निगरानी गर्नका निम्ति शिशिर ढुंगानाको नेत्रीत्वमा पूर्वाधार विकास ईकाईले त्यस्ता आयोजनाको विशेष निगरानी गर्दै आएको छ । तैपनि आयोजनाका लागि विनियोजित बजेट नै खर्च हुन सकेका छैनन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघ मसान्तसम्ममा त्यस्ता १८ आयोजनामा विनियोजन भएको कुल रकमको ३४ प्रतिशतमात्रै खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले आयोजनाको प्रत्यक्ष निगरानी प्रधानमन्त्री कार्यालयबाटै भएको बताउँदै प्रगति सुधार्न कार्यालय लागिरहेको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले नै ठूला आयोजनामा चासो देखाउनुभएको छ, त्यसैले निगरानीमा कुनै कमी भएको छैन ।’ चालू आवमा सबभन्दा कम पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि रू. ६ अर्ब ८० करोड छुट्टाएकोमा १० करोड मात्रै खर्च भएको छ भने सबैभन्दा बढी दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाले विनियोजित बजेटभन्दा बढी खर्च भएको तथ्यांकले देखाएको छ । प्रगति सुस्त रहेका आयोजनामध्ये कतिपयको काम प्रारम्भिक चरणभन्दा अगाडि बढेको देखिँदैन । आयोजनाका लागि जग्गा अधिग्रहण गर्न नसक्नु, विस्तृत आयोजना प्रतिवेदन तयार नहुनु, निर्माण सामग्रीको अभाव तथा कानूनी कमजोरीलाई त्यसको प्रमुख कारण देखाइँदै आएको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्धारण गर्ने मापदण्ड नहुनु, कर्मचारी सरुवा र बजेट प्रत्यायोजन, खर्च प्रणाली, ठेक्कापट्टामासमेत समस्या रहँदा आयोजनाको प्रगति सुस्त भएको र अनियमिततासमेत बढेको जानकारहरू बताउँछन् । अर्थविद् डा. डिल्लीराज खनालले आयोजनाको डिजाइनदेखि ठेक्कापट्टा, त्यससँगै खर्चमा समेत अनियमितता रहेको अभियानलाई बताए । उनका अनुसार आयोजनाको डिजाइन, ठेक्कापट्टा, खर्च प्रणालीमा हुने अनियमितता नसुध्रेसम्म समस्याको जड कायमै रहने निश्चित छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)