ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक मन्दीले पुरूषमा आत्महत्या बढायो

Sep 19, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सन् २००८ बाट शुरु भएको विश्वव्यापी आर्थिक मन्दीले कैयौं पश्चिमा देशमा आर्थिक सङ्कटमात्र निम्त्याएन, उक्त मन्दीले अर्को एक खतरनाक समस्या पनि ल्याएको छ । सो समस्या भनेको मानिसमा भएको आत्महत्या हो । सो मन्दीका कारण सन् २००८ देखियता विश्वमै उक्त मन्दी रहेका देशमा पुरूषहरुको आत्महत्याको दरमा पनि वृद्धि भएको छ । मङ्गलवार फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक गरिएको एक अध्ययनमा सो अवस्था देखिएको छ । सन् २००८ पछिको सो अध्ययन आर्थिक मन्दीको समस्या देखिएका ५४ देशका १५ वर्षमाथिका व्यक्तिमा गरिएको हो । ती देशमा उक्त मन्दीको शुरूआत भएको समयभन्दा पहिला र पछिको अवस्थालाई लिएर मानिसमा भएको आत्महत्या दरको अध्ययन गरिएको छ ।

सन् २००९ मा गरिएको पहिलो वर्षको सो अध्ययनमा यसअघिको वर्षमा भन्दा ४ हजार ८८४ जनाभन्दा बढीले आत्महत्या गरेका थिए । त्यसपछिका वर्षहरुमा पनि आत्महत्याको दर महिलामा भन्दा पुरूषमा बढी देखिएको छ । सो अवस्था सबैजसो नै मन्दीको बढी प्रभाव परेका देश पश्चिमा र यूरोजोनमा रहेको छ । उक्त अध्ययनले देखाएबमोजिम सन् २००९ मा मन्दीको बढी प्रभाव परेको यूरोपेली क्षेत्रका २७ देशमा बढी देखिएको हो । ती देशमा पहिलो वर्षको तुलनामा ४ दशमलव २ प्रतिशतले बढेको थियो । त्यसैगरी मन्दीको बढी प्रभाव परेका देशमा क्यारेबियन र ल्याटिन अमेरिकी देशहरु रहेका छन् । ती देशमा सो वर्ष ६ दशमलव ४ प्रतिशत बढी आत्महत्याका घटना भएका छन् । त्यसपछिका वर्षहरुमा पनि पुरूषहरुमा आत्महत्याको क्रम बढ्दो मात्रामा रहेको छ ।

हालैमात्र गरिएको पछिल्लो उक्त सर्वेक्षणले यूरोपेली देशका पुरूषहरुमा आत्महत्याको दर ११ प्रतिशतले वृद्धि भएको देखाएको छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित सो अनुसन्धान प्रतिवेदनले यूरोपेली क्षेत्रमा सो दर १५ देखि २४ वर्षको समूहका पुरूषमा देखिएको छ । तर, अमेरिकी देशहरुमा भने सो आत्महत्याको अवस्था ४५ वर्षभन्दा माथिका पुरूषमा बढीमात्रामा प्रचलित छ । ती पुरूषहरुको आत्महत्याको दरमा ५ प्रतिशतले वृद्धि भएको पाइएको सो अध्ययनले देखाएको छ । पहिलाका वर्षहरुको तुलनामा सन् २००९ पछि यूरोपेली देशहरुमा बेरोजगारी दरमा ३५ प्रतिशतसम्म पनि वृद्धि भएको थियो । त्यसैगरी अमेरिकी तथा क्यारेबियन देशहरुमा रोजगारी करीब २३ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको थियो । रासस/एएफपी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)