ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोखिम अर्थतन्त्रमा लगानी सम्मेलन

Feb 15, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
सरकारले चैत महीनातिर फेरि लगानीकर्ताको भेला गर्दै छ । त्यहाँ थुप्रै लगानीका प्रतिबद्धता आउनेछन्, सम्झौता हुनेछन् । अनि त्यसपछि त के ? विदेशी लगानीकर्ता चट्ट नेपाल आउन थाल्नेछन्, ब्रिफकेसका ब्रिफकेस पैसा ल्याउनेछन् । जताततै ह्वार्ह्वार लगानी गर्न थाल्नेछन् । अनि तपाईं हामी बाँडीचुँडी खाउँला । कसो ?
अझ विदेशी लगानी साँच्चिकै भित्र्याउने हो भने बेला न कुबेला कुनै अमुक देशको राजनीतिका विषयमा अनर्गल वक्तव्य जारी गर्दिनुपर्छ । अनि विश्वका लगानीकर्ताको ध्यान एकैचोटिनेपालमै जान्छ । विदेशी लगानीकर्ताहरूलाई अनेक प्रकारका झिनामसिना विषयमा ‘बिजी’ गराइराख्नुपर्छ ।
लगानीका पुरानै प्रतिबद्धता पूरा भएका छैनन् । नयाँ कसरी आउँछ भनेर नसोच्नुहोला । किनकि लगानी सम्मेलन गरिरहनुपर्छ, आइहाल्छन् नि लगानीकर्ता । सम्मेलन गर्ने काम हाम्रो हो गरिदिऊँ । लगानी गर्ने काम उनीहरूको । गरेनन् भने बनाइदिउँला थप एउटा कानून, जसमा लगानी सम्मेलनमा आउनेले लगानी गर्नैपर्छ भन्ने बेहोरा घुसाइदिउँला । नेपालमा ‘माउन्ट एभरेस्ट’ छ । बुद्ध जन्मेको देश पनि हो । यी कुरा अन्त दुनियाँमा कतै छ ? अनि आउनुपरेन त विदेशी लगानीकर्ता नेपालमा ? त्यसैले सम्मेलन गरेपछि त नयाँ नयाँ लगानीका घोषणा भइहाल्छन् । त्यसले एक/दुई वर्षलाई योजना, छलफल, चिन्तन, मनन गर्ने विषय पनि पुगिहाल्छ । त्यसपछि मानिसले लगानी गर्ने विषय बिर्सन थाले फेरि अर्को लगानी सम्मेलन गर्दिहाल्नुपर्छ । अनि भइहाल्छ । अझ विदेशी लगानी साँच्चिकै भित्र्याउने हो भने बेला न कुबेला कुनै अमुक देशको राजनीतिका विषयमा अनर्गल वक्तव्य जारी गर्दिनुपर्छ । अनि विश्वका लगानीकर्ताको ध्यान एकैचोटि नेपालमै जान्छ । विदेशी लगानीकर्ताहरूलाई अनेक प्रकारका झिनामसिना विषयमा ‘बिजी’ गराइराख्नुपर्छ । ताकि नेपालमा लगानी गर्दाका उसको अनुभव सुनेर अरू विदेशी लगानीकर्ता लाभान्वित होऊन् र दौडेर नेपालमा लगानी गर्न आऊन् । अझ सकेदेखि त कुनै खैरे अर्थात् विदेशीलाई नेपालका विषयमा भए नभएको कुरा प्रचार गरिरहने मौका दिइरहनुपर्छ । एउटा भनाइ छ कि नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस् । देशको अहिलेको जस्तो गुमनाम हुने परिस्थिति त आउन दिनु भएन नि । ह्वाँ अमेरिकाका ट्रम्पले नेपाल एउटा स्वतन्त्र देश हो भन्ने नै थाहा पाएका रैन्छन् । त्यसैले लगानी कालो भए पनि हुन्छ, सेतो भए पनि हुन्छ वा जुनसुकै टापुबाट आएको पैसा भए पनि हुन्छ । तर लगानी चैं भित्र्याउनुपर्छ देशमा । यो बुझेरै त होला लगानी बोर्डका एक ठूलै अधिकारीले एक सार्वजनिक समारोहमै ‘नेपाल जोखिम अर्थतन्त्र हो । ‘त्यस्तो अर्थतन्त्रमा केही पैसा खर्च गरेर आफ्नो व्यवसाय गर्न सक्ने कम्पनी हुन्छन् र लगानी सम्मेलन त्यस्तै लगानीकर्तालाई लक्षित गरेर गर्ने हो,’ भनेका थिए । पैसा खर्च गरेपछि नेपालमा के के हुन सक्छ भन्ने सरकारलाई जति कसलाई थाहा होला ? यसको मतलब सरकारले कुरोको चुरो समातिसकेको जस्तो छ । त्यसैले पनि लगानी मेला चैं गरिहाल्नुपर्छ । त्यसले अरू क्यै भएनछ भने पनि केही दर्जन ‘माइस’ अर्थात् मुसा पर्यटकहरू त आउँछन् नि देशमा । राष्ट्रपतिदेखि पशुपतिसम्म सबैलाई थाहा छ नेपालमा भ्रष्टाचार व्याप्त छ र १० प्रतिशत कमिशन त सरकारी कर्मचारीको अघोषित अधिकारजस्तो सिद्ध भइसकेको छ । राजनीति गरेको पैसा पनि विदेश गैरहेकै हो । अनि त्यै पैसा फेरि विदेशी लगानीका रूपमा स्वदेश फर्कन्छ । अर्थात् ‘दाल कहाँ पोखियो ? आफ्नै थालमा ।’ यसो गर्दा सबैलाई भाग पनि पुगिराकै छ । ठीकै छ त । यसरी स्वतः आइरहेको लगानीलाई रोक्ने काम त गर्नु भएन नि । त्यसो गर्नेहरूलाई देशद्रोही करार गरे हुँदैन श्रीमान् ? वास्तवमा लगानी सम्मेलन गर्दिसकेपछि विदेशी लगानीकर्तालाई आकर्षित गर्न अरू झन्झट पनि गरिरहनै पर्दैन । कुनै कानूनी वा भौतिक पूर्वाधार बनाइराख्नु पनि पर्दैन । किनकि ती काम त लगानीकर्ता आफैले गरिहाल्छन् नि । नाफा खान चैं आउने अनि बाटो चैं सरकारले बनाइदिनुपर्ने त हुँदैन नि ! अर्को कुरा विदेशीलाई ह्याँ लगानी गर्न आऊ पो भन्या हो । लगानी र मुनाफा फिर्ता लैजाऊ भनेर त होइन नि । यै कुरा नबुझेरै कतिओटा विदेशी लगानीका कम्पनी झोक्किए पनि क्यारे । जोखिम अर्थतन्त्रमा लगानी गर्न आउनेले यहाँको रंग, ढंग, काइदा, कानून पनि सिक्नु परो नि । त्यसैले लगानी सम्मेलन चैं छिट्टै छिट्टै गरिहाल्न सरकालाई घच्घच्याइ रहनुपरो क्या !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)