ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशीलाई श्रमस्वीकृति दिन कडाइ

Feb 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे
पाँच सयले अनुमति पाएनन्, विदेशी लगानीकर्ता भड्किने जोखिम काठमाडौं । ‘वर्किङ भिसा’मा नेपाल आउने विदेशीलाई श्रमस्वीकृति दिन सरकारले कडाइ गरेको छ । सरकारले साउन १३ मा जारी गरेको विदेशी नागरिकहरूको श्रम इजाजत व्यवस्थापन सम्बन्धी निर्देशिका–२०७५ लाई कारण देखाउँदै श्रमस्वीकृति दिन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कडाइ गरेको हो । विभाग स्रोतका अनुसार यो नीति लागू भएपछि झन्डै ५ सय विदेशी नागरिकले श्रम स्वीकृति पाउन सकेका छैनन् । निर्देशिकामा कुनै पनि रोजगारदाताले आफ्नो प्रतिष्ठानमा चाहिने कुल श्रमिकको पाँच प्रतिशतभन्दा बढी हुने गरी विदेशी श्रमिकलाई काममा लगाउन नपाउने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मान्दै नेपाली कम्पनीमा विदेशी कामदार राख्न कडाइ गरिएको विभागका निर्देशक उद्धवप्रसाद रिजालले बताए । उनले भने, ‘श्रमस्वीकृतिमा भएको कडाइ सरकारी नीति कार्यान्वयन गर्दा उब्जिएको समस्या हो ।’ विभागले विदेशी श्रमिकलाई दिइने स्वीकृतिमा लचकता अपनाउनेबारे नीतिगत तहमै छलफल हुनुपर्ने बताएको छ । हाल नेपालमा ‘वर्क’ भिसा लिने विदेशीको संख्या करीब २ हजार रहेको विभागको तथ्यांकले देखाउँछ । सबैभन्दा बढी १ हजार १८४ चिनियाँ कामदार छन् । त्यसबाहेक भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया, इटालीलगायत ६२ देशका कामदारले श्रमस्वीकृति लिएका छन् । वैदेशिक सहायताबाट सञ्चालित परियोजनाहरूले दक्ष जनशक्तिको अभाव देखाउँदै आफ्नै मुलुकबाट प्राविधिक ल्याउने गरेका छन् । सिमेन्ट उद्योग, जलविद्युत्, निर्माण क्षेत्र, हवाई र बहुराष्ट्रिय कम्पनीहरूले समेत विदेशबाटै श्रमिक मगाउने गरेका छन् । हाल त्यस्ता कम्पनीहरूले आफूलाई आवश्यक श्रमिक विदेशबाट ल्याउन खोज्दा सरकारले कडाइ गरेको हो । मुलुकमा दक्ष जनशक्तिको अभाव कायमै रहँदा सरकारको कडाइले वैदेशिक लगानीमा समेत असर पर्ने जोखिम देखिएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्म विदेशबाट उद्योग तथा सेवाक्षेत्रमा आउने लगानी २६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक लगानीको वृद्धिदर १९३ प्रतिशत थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)