ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारको अपेक्षा विपरीत आईएमएफको प्रक्षेपण : चालू आवमा आर्थिक वृद्धिदर ६.५% मात्रै

Feb 19, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालू आवको बजेट सार्वजनिक गर्दा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । गत माघ २५ मा सम्पन्न आईएमएफको कार्यकारी बोर्ड बैठकमा नेपालको आर्थिक वृद्धिदरबारे छलफल भएको थियो । सोही बैठकको निष्कर्ष समेटिएको प्रतिवेदनमा चालू आवमा नेपालले ६ दशमलव ५ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरिएको हो । अहिलेकै वृद्धिदरलाई कायम राख्न कुल गार्हस्थ्य उत्पादनको ३४ प्रतिशत पूँजी निर्माणमा खर्च गर्नु आवश्यक रहेको आईएमएफले सुझाएको छ । तथापि, अहिलेको वृद्धिदरलाई आईएमएफले सकारात्मक बताएको छ । आईएमएफका अनुसार उच्च आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकारले नीतिगत सुधारमा जोड दिई लगानीको वातावरण बढाउनुपर्छ । सरकारले बनाउने यस्ता नीतिले प्रतिस्पर्धा प्रवद्र्धन र लगानीको वातावरण तयार पार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । राजनीतिक स्थिरता र दुई तिहाइको अद्वितीय अनुकूलताबाट सरकारले फाइदा लिनसक्ने आईएमएफको निष्कर्ष छ । वित्तीय संघीयता कार्यान्वयन गर्न र खर्च प्रणालीलाई मितव्ययी बनाएर पूर्वाधारमा लगानी बढाउन सकिए भविष्यमा दिगो र द्रुत आर्थिक वृद्धि हुने आईएमएफले बताएको छ । नेपालको अहिलेको आर्थिक वृद्धिलाई दिगो बनाउन नीतिगत सुधार हुँदाहुँदै पनि त्यसले केही जोखिमहरू पनि सँगै लिएर आउने आईएमएफले औंल्याएको छ । चालू खाता घाटा फराकिलो बन्ने, व्यापारघाटा अझै विस्तार हुने र मूल्यवृद्धि बढ्नसक्ने जस्ता जोखिम आईएमएफले औंल्याएको हो । ती जोखिमहरूसँग जुध्न सरकारले प्रभावकारी नीति बनाउनुपर्नेमा आईएमएफले जोड दिएको छ । वर्तमान समयका आर्थिक गतिविधिले बजारमा ऋणको माग बढ्ने, त्यसका लागि सरकारले बढीभन्दा बढी वैकल्पिक पूँजीगत लगानी गर्नुपर्ने र सरकारी खर्चको प्रभावकारिता बढाउनुपर्ने आईएमएफको सुझाव छ । प्रतिवेदनमा नेपालमा आर्थिक गतिविधि बढेको, केही संरचनागत परिवर्तन भएको र विशेषगरी बिजुलीको आपूर्तिमा भएको सुधारले अर्थतन्त्र विस्तारमा सकारात्मक सूचक देखापरेको उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)