ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पेट्रोलियम पदार्थको मूल्य समायोजन भएन

Feb 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । नेपाल आयल निगमले ‘स्वचालित मूल्य प्रणाली अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ देखि आयल निगमले सो प्रणाली अनुरूप पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । गत माघ १९ पछि मूल्य समायोजन नै गरेको छैन । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले १५/१५ दिनमा निगमलाई रिपोर्ट भने पठाउँदै आएको छ । आईओसीले रिपोर्ट पठाएको तर मूल्यमा खासै फरक नपरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनले भने, ‘आईओसीको रिपोर्ट निर्धारित समयमै आइरहेको छ, मूल्यमा खासै फरक नदेखिएकाले समायोजन गरिएको छैन ।’ निगमले स्वचालित मूल्य प्रणाली अनुसरण नगरेको बताउँदै उपभोक्ता अधिकारकर्मीहरूले भने विरोध गरेका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले नाफा बढाउने खेलमा निगमका अधिकारीहरू लागेको आरोप लगाए । उनले भने, ‘स्वचालित मूल्य प्रणालीबाट मूल्य समायोजन भएको छैन, नाफा बढाउने खेल रचिएको देखियो ।’ उनका अनुसार स्वचालित प्रणाली लागू भएपछि सोही अनुसार मूल्य समायोजन हुनुपर्छ । ‘आईओसीबाट २ रुपैयाँ बढेर मूल्य आउँदा बढाइहाल्नुपर्ने तर घटाउनुपर्दा निगमले चासै नदिनु उपभोक्तामाथिको अन्याय हो,’ उनले भने । आयल निगमले माघ १९ मा समायोजन गरेको मूल्य अनुसार हाल प्रतिलिटर पेट्रोलको मूल्य रू. १ सय १०, डिजेल÷मट्टितेलको रू. ९७ छ । ग्यासमा निगमले प्रतिसिलिन्डर रू. ३२.६८ घाटा बेहोर्दै आएको छ । हाल रक्सौल, भारतमा प्रतिलिटर पेट्रोल रू. १ सय १९, डिजेल रू. १ सय १० छ । यसअघि दशैं, तिहारमा पनि आयल निगमले स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरेको थिएन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)