ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन प्रणालीमा शेयर किनबेच : ७१ दिनमा २६ अर्बको कारोबार

Feb 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । पूर्ण अनलाइन प्रणाली अन्तर्गत ७१ दिनमा २६ अर्ब ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कात्तिक २० मा यो प्रणाली शुरू गरेपछि हालसम्म ६७ हजार ३१५ जनाले यसको उपयोग गरेका छन् । यस अवधिमा १ हजार ४५२ जना लगानीकर्ताले लगइन लिएर रू.३ अर्ब १० करोड ६० लाखभन्दा बढीको कारोबार गरेको नेप्सेले जानकारी दिएको छ । नयाँ प्रणाली भएकाले लगानीकर्तालाई अभ्यस्त हुन समय लाग्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । यसका लागि नेप्सेको वेबसाइटमा भिडियो सहित आवश्यक जानकारी उपलब्ध गराइएको तथा काठमाडौं, बिर्तामोड र इलाममा अनलाइन कारोबार सम्बन्धी तालीम सञ्चालन गरिएको उनले बताए । इलाममा एकै दिन १५० जनाले युजर नेम र पासवर्ड लिएको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘काठमाडौंका भन्दा पनि बाहिरका लगानीकर्ता अनलाइनमा जोडिन बढी उत्साहित देखिएका छन् ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अनलाइन मार्फत दोस्रो बजारको पहुँच विस्तार भइरहँदा बोर्डले एक नेपाली एक डिम्याट खातालाई अभियानका रूपमा सञ्चालन गरिरहेको बताए । धितोपत्रको दोस्रो बजार प्राथमिक बजार जस्तो नभई संवेदनशील रहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले अनलाइनले पारदर्शी रूपमा कारोबार गर्ने हुँदा यसको कार्यान्वयनमा सबैले पहल गर्नुपर्नेमा जोड दिए । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अनलाइनमा सहभागी हुन युजर नेम र पासवर्ड लिनेको संख्या बढिरहेको भए पनि आपैmले कारोबार गर्न सक्ने क्षमता सबै लगानीकर्तामा नरहेको उल्लेख गरे । पूँजीबजार विकास र विस्तारका लागि सरकारले विशेष चासो देखाएको छ । उच्चस्तरीय सुझाव समितिले तयार पारेको ५८ बुँदे प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएर सरकारले पूँजीबजारको विकास र विस्तारमा भूमिका निर्वाह गर्ने संकेत दिइसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)