ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२० बीमा कम्पनीको पुगेन चुक्तापूँजी : बोनश शेयरमार्फत पुर्‍याउन आदेश

Feb 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा समितिले बीमा कम्पनीको चुक्तापूँजी बढाउन अब म्याद नथप्ने भएको छ । समितिले हालका लागि कम्पनीहरूलाई गत आर्थिक वर्षको खुद नाफाबाट बोनस शेयर (लाभांश) बाँडेर चुक्तापूँजी बढाउन आदेश दिएको छ । समितिको हालै भएको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बोनस शेयरबाट पनि चुक्तापूँजी नपुगेको अवस्थामा धितोपत्र बजारको प्रक्रियाअनुसार हकप्रद शेयर जारी गर्नुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । उनले भने, ‘हाल समितिमा कम्पनीहरूको चुक्तापूँजी बढाउने योजना आएका छन् । तर, कम्पनीहरूको सहजताका लागि यस्तो व्यवस्था गरेका हौं ।’ तर, बोनस शेयर जारी गरेर पनि चुक्तापूँजी नपुग्ने देखिएमा उपयुक्त कदम उठाउने उनले बताए । समितिले गत असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई रू. १ अर्ब बराबरको चुक्तापूँजी पु¥याउन निर्देशन दिएको थियो । तर, उक्त समयसीमामा कम्पनीहरूले चुक्तापूँजी पुर्‍याउन नसकेपछि पुस मसान्तसम्म म्याद थपिएको थियो । तर, सो अवधिसम्म पनि २० कम्पनीको चुक्तापूँजी तोकिएअनुसार पुगेको छैन । चुक्तापूँजी पुर्‍याउन नसक्नेमा जीवन बीमा कम्पनीको संख्या सात रहेको छ । हाल जीवन बीमा बजारमा १९ ओटा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये १० कम्पनी चुक्तापूँजी पुर्‍याएर सञ्चालनमा आएका हुन् । तोकिएको पुस मसान्तसम्ममा थप २ कम्पनीले चुक्तापूँजी पु¥याएका छन् । तोकिएको चुक्तापूँजी पुर्‍याउनेमा नेपाल लाइफ र नेशनल लाइफ रहेका छन् । नेपाल लाइफको रू. ४ अर्ब ३९ करोड ६९ लाख र नेशनल लाइफको रू. २ अर्ब ६४ करोड ९७ लाख बराबरको चुक्तापूँजी रहेको छ । मेट लाइफले अमेरिकास्थित केन्द्रीय कार्यालयमा जोखिमयोग्य पूँजी भएकाले चुक्तापूँजी बढाउन आवश्यक नरहेको बताएको छ । यस विषयमा अन्तरराष्ट्रिय नियमानुसार निर्णय गरिने समितिको भनाइ छ । निर्जीवनतर्फ १३ कम्पनीले चुक्तापूँजी पुर्‍याउन सकेका छैनन् । पुस मसान्तसम्ममा ४ कम्पनीले मात्र तोकिएको चुक्तापूँजी पुर्‍याएको देखिन्छ । त्यसमा नेको, शिखर, हिमालयन जनरल र प्रभु इन्स्योरेन्स रहेका छन् । नेको इन्स्योरेन्सको सबैभन्दा बढी रू. १ अर्ब १७ करोड ६२ लाख बराबरको चुक्तापूँजी रहेको छ । यस्तै, शिखरको रू. १ अर्ब ५ करोड ७३ लाख, हिमालयन जनरलको रू. १ अर्ब २ करोड ७२ लाख र प्रभु इन्स्योरेन्सको रू. १ अर्ब ५० लाख बराबरको चुक्तापूँजी रहेको छ । निर्जीवन बीमा बजारमा २० कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये अजोड, सानिमा र जनरल इन्स्योरेन्स चुक्तापूँजी पु¥याएर सञ्चालनमा आएका हुन् । अब १३ कम्पनीको चुक्तापूँजी पुग्न बाँकी रहेको देखिन्छ । यद्यपि, नेशनल र दि ओरियन्टल इन्स्योरेन्सको भारतस्थित केन्द्रीय कार्यालय मर्ज हुने तयारीमा रहेकाले यस विषयमा मौन छन् । एनएफआरएस प्रणालीले गर्दा चुक्तापूँजी पुर्‍याउन कठिनाइ समितिले यस वर्षदेखि बीमा कम्पनीको वित्तीय विवरण एनएफआरएस प्रणालीमार्फत बनाउनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार कम्पनीहरूले अनिवार्य रूपमा बीमांकी मूल्यांकन गर्नुपर्ने हुन्छ । तर, नेपालमा यसको सुविधा नहुँदा कम्पनीहरूले भारतबाट यस्तो मूल्यांकन गराउँदै आएका छन् । यसले गर्दा कम्पनीहरूले आव २०७४/७५ को वार्षिक वित्तीय विवरण बनाएर वार्षिक साधारणसभा गर्न सकेका छैनन् । यस्ता विषयका कारण पनि चुक्तापूँजी बढाउन समस्या भइरहेको बीमा कम्पनीहरू बताउँछन् । सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदावारले भने, ‘बोनस शेयरमार्फत चुक्तापूँजी बढाउने भनिएको छ । तर, अझै पनि बीमांकी मूल्यांकनको काम नसकिँदा हामी अन्योलमा परेका छौं ।’
शिवनाथ पाण्डे प्रमुख कार्यकारी अधिकृत सूर्या लाइफ इन्स्योरेन्सप्रक्रियागत झमेलाले गर्दा चुक्तापूँजी बढाउन गाह्रो भएको हो । कर्जा लिएर पनि लगानी गर्न पाइँदैन । साथै, एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउन ढिला भएर साधारणसभा गर्न सकिएको छैन । साधारणसभा गरेपछि चुक्तापूँजी बढाउने काम केही सहज हुने अपेक्षा गरेका छौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)