ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भैरहवा र जनकपुर नयाँ हवाई प्रवेश विन्दु

Feb 25, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
‘क्रशबोर्डर एयर इन्ट्री रूट’का लागि दुवै देशको आइकाओमा आवेदन काठमाडौं । भैरहवा र जनकपुरबाट क्रशबोर्डर हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको छ । त्यससँगै क्रशबोर्डर हवाई प्रवेश रूट बनाउन नेपाल र भारतले अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा संयुक्त आवेदन दिएका छन् । नेपालले भारतसँग नेपालगन्ज र महेन्द्रनगर रूट पनि मागेको थियो । तर, हाललाई भैरहवा र जनकपुर रूटमा सहमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । हालसम्म ती विन्दु हुँदै विमानहरू भारततर्पm जान मात्र पाउँथे । उक्त सहमतिसँगै नेपाल आउने विमान पनि ती विन्दुबाट भित्रिन पाउनेछन् । महानिर्देशक गौतमका अनुसार दुवै मुलुकले ‘इन्ट्री रूट’को उडान कार्यविधि र ‘वाई डाइरेक्शन’ निर्माण गर्न आइकाओमा संयुक्त आवेदन दिएको हो । ‘आइकाओले अध्ययन गरेपछि उडान कार्यविधिसहितको क्याटलग निकाल्छ । त्यसपछि मात्र रूट स्थापित हुन्छ,’ उनले भने । भैरहवा रूटबाट विमानले प्रवेश विन्दु पाएपछि नयाँदिल्ली तथा पश्चिमी क्षेत्रबाट आउने विमानलाई सिमराको तुलनामा सहज र छोटो पर्ने गौतमले बताए । यसबाट पोखरा विमानस्थललाई पनि धेरै सहज हुने उनले जानकारी दिए । भारतले गत असारमा भैरहवा र जनकपुरसँगै विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेश विन्दु दिन सहमति दिएको थियो । तर, त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसेसमेन्ट) गर्न थप समय लाग्ने र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल २०७६ असोजसम्ममा सञ्चालनमा आउने भएकाले भारतसँग यी रूटमा सहमति भएको महानिर्देशक गौतमले बताए । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम करीब ७० प्रतिशत सकिएको प्राधिकरणले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)