ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्यान्नमा चुलियो परनिर्भरता

Feb 26, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । कृषि प्रधान मुलुक भनिँदै आए पनि पछिल्लो समय कृषि उत्पादन बढ्न नसक्दा खाद्यान्नमा नेपालको परनिर्भरता चुलिँदै गएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७५/७६ को ५ महीनामा मात्रै चामल, मकै, भटमास, आलु, स्याउ आयातका लागि अर्बौं बाहिरिएको छ । मन्त्रालयका अनुसार चामलमा १३ अर्ब ५८ करोड, मकैमा ५ अर्ब १९ करोड, भटमास आयातमा ७ अर्ब ५ करोड रुपैयाँ बाहिरिएको हो । बजारमा चिप्सको माग धान्ने गरी आलुको उत्पादन नबढेकाले आलुको आयात उकालो लागेको हो । आव २०७४/७५ मा ६ अर्ब ३५ करोड रुपैयाँको आयात भएकामा चालू आवको पहिलो ५ महीनामै रू. ३ अर्ब ९९ करोड पैठारी भइसकेको छ । यस्तै, चालू आवको पहिलो ५ महीनामा रू. २ अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४/७५ मा स्याउ पैठारी गर्न ५ अर्ब ६३ करोड रुपैयाँ बाहिरिएको थियो । बढेन निर्यात निर्यातको अवस्था भने अझै कमजोर देखिन्छ । चालू आवको पुस मसान्तसम्ममा रू. १ अर्ब २४ करोडको अलैंची, रू. १ अर्ब ९३ करोडको चिया, रू. २७ करोड ६८ लाखको अदुवा, रू. ४ करोड ३६ लाखको कफी र रू. ६५ करोड ६३ लाखको मसुरो निर्यात भएको छ । यी आँकडाबाट कमजोर निर्यात र चुलिँदो आयात स्पष्ट देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बढ्दो आयातलाई घटाई निर्यात बढाउन कृषि मन्त्रालयले परिणाममुखी काम नगरेको बताउँदै असन्तुष्टि व्यक्त गरिसकेका छन् । प्रधानमन्त्री कार्यालयमा आइतवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका निम्ति ठोस कार्ययोजना बनाउन नसकेकामा कृषिमन्त्री चक्रपाणि खनालको आलोचना गरेका थिए । दीर्घकालीन योजना बनाएर परिणाममुखी काम गर्न कृषिमन्त्री खनाललाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)