ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी वित्तीय संस्थाबाट ऋणको नयाँ सीमा : राष्ट्र बैंकले गर्‍यो परिपत्र

Feb 28, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
६ करोड ६ लाख अमेरिकी डलर बराबर विदेशी कर्जा स्वीकृत काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले विदेशी वित्तीय संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा प्राथमिक पूँजीको शतप्रतिशतसम्म ऋण ल्याउन पाउने सम्बन्धी परिपत्र नेपाल राष्ट्र बैंकले बुधवार गरेको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी जुटाउन सहज बनाउने उद्देश्यले केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो । यसअघि वाणिज्य बैंकले प्राथमिक पूँजीको ५० प्रतिशतसम्म मात्र यस्तो ऋण लिन पाउने व्यवस्था थियो । तर यस्तो ऋण रकम नवीकरणीय ऊर्जा, भौतिक पूर्वाधार, उत्पादन तथा प्रशारण लाइन लगायत तोकिएका क्षेत्रमा मात्र कर्जाका रूपमा प्रवाह गर्नुपर्ने छ । बैंकहरूले भारतीय बैंक तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण लिँदा अन्य विदेशी मुद्रामा ऋण लिएको अवस्था भए सोसमेत गरी प्राथमिक पूँजीको शतप्रतिशतको सीमा कायम गर्नुपर्ने व्यवस्था छ । यस्तो ऋण राष्ट्र बैंकले तोकेको पूँजीकोष कायम गरेका बैंकले मात्र लिन पाउने छन् । बैंक तथा वित्तीय संस्थाले जोखिम भारित सम्पत्तिको आधारमा कायम राख्नुपर्ने न्यूनतम पूँजीकोष पूरा गर्नुपर्ने छ । संस्थाको प्राथमिक पूँजीअन्तर्गत चुक्तापूँजी (साधारण शेयर), प्रस्तावित बोनस शेयर, फिर्ता नहुने अग्राधिकार शेयर, साधारण जगेडा कोष, सञ्चित नाफा तथा नोक्सान लगायत पर्दछन् । यस्तो कर्जा लिन भने केन्द्रीय बैंकको स्वीकृति भने अनिवार्य छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकद्वारा निर्धारित ९ ओटा शर्त पूरा गरेको हुुनुपर्छ । यसअघि वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाले मात्र यस्तो ऋण लिन पाउने व्यवस्था भएकोमा अब भने विकास बैंक र वित्तीय संस्थाले पनि लिन पाउनेछन् । विदेशी मुद्रामा कर्जा लिन पाउने व्यवस्था भएपछि वाणिज्य बैंक र लघुवित्तलाई हालसम्ममा ६ करोड ६ लाख अमेरिकी डलरबराबरको कर्जा ल्याउन स्वीकृति दिइसकेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । गत कात्तिकमा वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट यस्तो कर्जा ल्याउन पाउने भएपछि एनएमबी बैंकले मात्र स्वीकृति पाएको छ । राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्यांकअनुसार उक्त बैंकले अमेरिकी डलर १ करोड ६५ लाख ऋण लिएको छ भने थप २ करोड ३५ लाख अमेरिकी डलर ऋण ल्याउन स्वीकृति प्राप्त गरेको छ । यसअघि लघुवित्त वित्तीय संस्थाले विदेशी मुद्रामा ऋण लिई सो ऋण समेत गरी आफ्नो प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था थियो । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा २ ओटा लघुवित्त वित्तीय संस्थाले अमेरिकी डलर २ करोड ६ लाख ऋण ल्याउन स्वीकृति प्राप्त गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)