ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधिमय बन्दै बीमा बजार

Mar 4, 2019  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

नेपालको बीमा बजारले लामो समयसम्म फड्को मार्न सकेको थिएन । त्यो अवस्थामा बीमा बजारमा प्रविधिको विकास हुनु आफैमा चुनौतीपूर्ण थियो, जसले गर्दा कम्पनीहरूले आफ्नो गतिविधि लामो समयसम्म परम्परागत शैलीमै अगाडि बढाए । तर पछिल्लो समय बीमा बजारको विस्तारसँगै विभिन्न प्रविधिको विकास भएको पाइन्छ । यसले बीमाक्षेत्रको काम कारबाही छिटो–छरितो र सरल बनाएको छ । यहाँ बीमा बजारमा प्रयोग भइरहेका केही प्रविधिबारे चर्चा गरिएको छ :

‘अनलाइन एजेन्ट म्यानेजमेन्ट सिस्टम’ ‘अनलाइन एजेन्ट म्यानेजमेन्ट सिस्टम’लाई बीमा बजारमा पहिलोपटक प्रयोगमा ल्याइएको प्रविधिको रूपमा लिइन्छ । यो सफ्टवेयर अभिकर्ताको इजाजतपत्रसँग सम्बन्धित छ, जसअनुसार यसलाई बीमा समिति र सबै बीमा कम्पनीले प्रयोगमा ल्याएका छन् । पहिले अभिकर्ताको इजाजतपत्र तयार गर्न महीनौं लाग्थ्यो । यो सफ्ट्वेयर प्रयोग ल्याइएपछि अहिले १ हप्तामै अभिकर्ताको इजाजतपत्र तयार हुने गरेको छ ।

उक्त सफ्टवेयरमार्फत नै कम्पनीले आवश्यक कागजपत्र समितिमा पेश गर्न सक्छन् । सफ्टवेयरबाट प्राप्त कागजपत्रको आधारमा समितिले अभिकर्ताको इजाजतपत्र तयार गर्दछ ।

जीवन बीमा कम्पनी : आन्तरिक प्रयोजनमा २ सफ्टवेयर हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूको आन्तरिक प्रयोजनका अहिले दुईभन्दा बढी सफ्टवेयर प्रयोग गरेका छन्, जसमा आईसोलुशन लाइफ र सिद्धि लाइफ प्रमुख छन् । सिटिजन, प्रभु, महालक्ष्मी लगायत ९ जीवन बीमा कम्पनीले आईसोलुशन लाइफ प्रयोग गरेका छन् । यस्तै युनियन, नेशनल लाइफ लगायत ६ कम्पनीले सिद्धि लाइफ प्रयोग गरेका छन् । यी सफ्टवेयरमार्फत कम्पनीको अन्डरराइटिङ लगायत आन्तरिक काम गर्न सकिन्छ ।

निर्जीवन बीमा कम्पनी : आन्तरिक प्रयोजनमा २ सफ्टवेयर हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले पनि आन्तरिक प्रयोजनका लागि २ भन्दा बढी सफ्टवेयर प्रयोगमा ल्याएका छन्, जसमा इन्स्योरप्लस र गाप्स्को प्रमुख छन् । इन्स्योरप्लस १२ निर्जीवन बीमा कम्पनीले प्रयोग गरिरहेका छन् । यस्तै ३ कम्पनीले गाप्स्को प्रयोग गरेको पाइन्छ । यी सफ्टवेयरमार्फत कम्पनीको अन्डरराइटिङ लगायत आन्तरिक काम गर्न सकिन्छ ।

नेपाल रिइन्स्योरेन्स सिस्टम यो सफ्टवेयर नेपाल पुनर्बीमा कम्पनीका लागि बनाइएको हो । कम्पनीले यही सफ्टवेयरमार्फत नै आफ्नो आन्तरिक काम गर्दै आएका छन् ।

मोबाइल इन्स्योरेन्स नेपालका सबैजसो बीमा कम्पनीले मोबाइल इन्स्योरेन्स प्रयोगमा ल्याएका छन् । यसमा कम्पनीको छुट्टाछुट्टै मोबाइल एप्स हुन्छ । उक्त एप्समार्फत आमव्यक्तिले सम्बन्धित कम्पनीले दिने सेवा सुविधाबारे बुझन् सक्छन् । साथै बीमितले एप्समार्फत आफूले तिरेको बीमाशुल्क, बीमाशुल्क तिर्ने मिति, बाँकी बीमाअवधि लगायत थप सूचना प्राप्त गर्न सक्छन् ।

हाल मोबाइल एप्समार्फत कुनै पनि व्यक्तिले बीमा योजना खरीद गर्न मिल्ने व्यवस्था गरिँदै छ । अहिले सन नेपाल लाइफले यसको परीक्षण गरिरहेको छ ।

अनलाइन इन्स्योरेन्स नेपालमा अनलाइन इस्योरेन्सको भर्खर मात्र अभ्यासमा गरिँदै छ । अहिले सानिमा लाइफ, प्रभु लाइफ इन्स्योरेन्सले यसको परीक्षण गरिरहेका छन् । यसमार्फत कुनै पनि व्यक्ति आफैले बीमा पोलिसी खरीद गर्न सक्छन् । साथै बीमाशुल्क भने ईपेमेन्ट तथा बैंकिङ सिस्टमबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

भाइबर इन्स्योरेन्स भाइबर इन्स्योरेन्स पनि नेपाली बीमा बजारका लागि नयाँ हो । यसको कम्पनीपिच्छे फरक फरक सफ्टवेयर हुन्छ । भाइबर प्रयोगकर्ताले यसमार्फत सम्बन्धित कम्पनी र निरन्तर सोधिने प्रश्नबारे विस्तृत रूपमा बुझ्न सक्छन् । साथै सम्बन्धित कम्पनीको पोलिसी होल्डरले बीमालेख एक्टिभ भएको सूचना, पोलिसी इन्फर्मेशन, प्रिमियम इन्क्वाइरी, प्रिमियम हिस्टोरी लगायत थप सुविधा पाउन सक्छन् । हाल जनरल इन्स्योरेन्सले यसलाई प्रयोगमा ल्याउने तयारी गरिरहेको छ ।

च्याटबट च्याटबट नेपाली बीमा बजारका लागि नयाँ प्रविधि हो । हाल दर्शन टेकले यससम्बन्धी काम गरिरहेको छ । च्याटबटको सन्दर्भमा कम्पनीपिच्छे फरक फरक सफ्टवेयर हुन्छ । आम मानिसले च्याटबटमार्फत सम्बन्धित कम्पनी र उसका सेवा सुविधाबारे कुराकानी गर्न सक्छन् । उक्त सफ्टवेयरमा कम्पनीको व्यक्तिले नभएर सिस्टमले नै कुरा गरिरहेको हुन्छ, जसअनुुसार बीमा अभिकर्तालाई यसले एटोमेट गरेको देखिन्छ । हाल सिटिजन लाइफ इन्स्योरेन्सले च्याटबटको परीक्षण गरिरहेको छ ।

बैंकासुरेन्स पनि अटोमेट अहिले नेपालमा बैंकासुरेन्सको बजार फस्टाउँदै गएको छ । तर यसको कार्यशैली भने परम्परागत रूपमै अगाडि बढेको पाइन्छ । त्यसैले यसलाई पनि एटोमट गर्ने तयारी दर्शन टेकले गरिरहेको छ । यद्यपि नबिल बैंकले बैंकासुरेन्सलाई एटोमट गरिसकेको छ । यस्तो प्रविधिमार्फत बीमा पोलिसी जारी गर्न मानवीय जनशक्ति आवश्यक पर्दैन ।

आउँदै गरेका प्रविधि इन्स्योरेन्स विथ सेल्फी इन्स्योरेन्स विथ सेल्फी नामक सफ्टवेयर नेपालका लागि नयाँ हो । दर्शन टेकले नेपालमा पनि यस्तो प्रविधिको विकास गर्दै छ । यसबाट बीमा गर्ने व्यक्तिको अनुहार खिचेर निजको स्वास्थ्य अवस्था बुझ्न सकिन्छ । सोहीअनुसार बीमाशुल्क निर्धारण गरेरै बीमा सम्झौता गर्न सकिन्छ ।
मानिसको व्यवहारको आधारमा बीमा दर्शन टेक मानिसको व्यक्तिगत व्यवहारअनुुसार बीमाशुल्क निर्धारण गर्ने प्रविधिको विकास गर्दै छ । उक्त प्रविधिमार्फत मानिसको व्यक्तिगत व्यवहारको आधारमा हुन सक्ने जोखिम पत्ता लगाउन सकिने बताइएको छ । उक्त सम्भावित जोखिमअनुसार नै बीमाशुल्क निर्धारण गर्न सकिने दर्शन टेकका अध्यक्ष खुशल रेग्मीले जानकारी दिए । यसमार्फत चुरोट सेवन गर्ने व्यक्ति र चुरोट सेवन नगर्ने व्यक्तिको एउटै प्रकृतिको बीमा गर्दा फरक फरक बीमाशुल्क निर्धारण हुन्छ ।

दाबी प्रक्रिया पनि अटोमेट यस्तै नेपालमा बीमा दाबी प्रक्रिया पनि अटोमेट हुने सम्भावना छ । दर्शन टेक यस प्रकारको प्रविधिको विकास गर्दै छ । कुनै कार दुर्घटनामा परेमा बीमा गरिएको सम्बन्धित कम्पनीमा उक्त प्रविधिमार्फत स्वतः जानकारी पुग्छ । साथै घर बीमा र स्वास्थ्य बीमालाई पनि एटोमेट गर्न सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)