ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दरबार हाई स्कुलमा कोडिङ, एआई र रोबोटिक्स कक्षा शुरू

२०८० भदौ, ९  
समाचार प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालयमा) रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ क्लास शुरू भएको छ । यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका हुन् ।  

"कोडिङ सिकाइ अन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ," शाहले सामाजिक सञ्जालको पोस्टमा लेखेका छन्, "यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको छ । विद्यार्थीहरूको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो ।"

शहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाकाअनुसार, कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको थियो । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको थियो । 
विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन ।

महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन् । उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुनेछ । 

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रमका लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी हुन् । क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् ।  

महानगरको बुक फ्रि फ्राइडेअन्तर्ग आज सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्र स्तरमा डेंगी शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार नै सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको दोस्रो सत्र सञ्चालनको तयारी छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)