ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्विटरको लोगो परिवर्तन हुँदै : नीलो चराको सट्टा 'एक्स' राखिने, मस्कको एक्स अक्षरसँगको सम्बन्ध के ?

२०८० साउन, ७  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरको लोगो परिवर्तन गर्न लागेका छन् । ट्विटरको लोगो भोलिबाट परिवर्तन हुने जनाइएको छ । 

मस्कले ट्विटरमा पोल बनाए । अनि ट्विट गरे, 'डिफल्ट प्लेटफर्मको रंग कालोमा परिवर्तन गर्नुहोस् ।'

आइतवार दिउँसो १२ बजेसम्म यस मतदानमा ४ लाख ५० हजारभन्दा बढीले मतदान गरेका छन् । अधिकांश मानिसहरूले अहिलेसम्म कालो र सेतोमा कालो रोजेका छन्।

ट्विटरको नयाँ लोगो आज विश्वभर लाइभ हुने 

मस्कले एउटा भिडियो सेयर गरेका छन्, जसमा ट्विटरको लोगो एक्समा परिवर्तन भएको देखिन्छ । यससँगै उनले लेखेका छन्, 'यदि आज राति राम्रो एक्स लोगो पोस्ट गरियो भने भोलि संसारभरि यसलाई लाइभ गराउनेछौं।'

मस्कले अर्को ट्वीटमा लेखेका छन्, 'चाँडै हामी ट्विटर ब्रान्ड र बिस्तारै सबै पंक्षीहरूलाई बिदाइ गर्नेछौं।'

सन् १९९९ देखि X अक्षरसँग मस्कको सम्बन्ध 

मस्कको एक्स लेटरसँगको सम्बन्ध सन् १९९९ देखिको हो । त्यतिबेला उनले अनलाइन बैंकिङ कम्पनी X.com बनाएका थिए । पछि यसलाई अर्को कम्पनीमा गाभे । र, PayPal बन्यो । सन् २०१७ मा मस्कले PayPal बाट 'X.com' काे URL पुन: खरीद गरे । 

पछिल्लो समय जब उनले लिन्डा याकिरानोलाई ट्विटरको नयाँ सीईओ बनाए । उनले ट्वीट गरे, 'यस प्लेटफर्मलाई एक्स एभरिथिङ एपमा रूपान्तरण गर्न लिन्डासँग काम गर्न उत्सुक छु ।'

उनको अर्को कम्पनी SpaceX मा पनि 'एक्स' लेटर छ । सन् २०२० मा, मस्कले आफ्ना एक छोराको नाम X Æ A-12 Musk राखे । Æ लाई 'ash' उच्चारण गरिन्छ। एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)