ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रातमा काम गर्न प्रतिबन्ध !

Sep 29, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

शपिङ गर्ने चाहना कसलाई पो हुँदैन र ? अझ रातको समयमा शपिङ गर्नुको मज्जा नै अर्को हुने शपिङका पारखीहरु भन्ने गर्छन् । कामकाजी मानिसका लागि दिनको समय पर्याप्त नहुँदा शपिङका लागि रातको समय नै उनीहरुको रोजाइमा पर्ने गरेको छ । कतिपय देशले त रात्रिकालीन समयलाई लक्षित गरेर विशेष प्रकारको शपिङ मल तथा पसलहरु खोलेका छन् । तर, रात्रिकालीन शपिङ्गकै लागि प्रख्यात फ्रान्समा रात्रिकालीन  पसल बन्द हुने भएको छ । फ्रान्सको अदालतले त्यहाँको कस्मेटिक निर्माता कम्पनी सेफोरालाई अबेर रातिसम्म काम गर्न प्रतिबन्ध लगाउने नयाँ कानून ल्याएको छ ।

यस कानूनसँगै बढेको तनावका कारण सेफोराले राति ९ बजेपछि पनि पसल खोल्न पाउनेबारे अदालतमा अपील गर्ने एएफपीको समाचारमा भनिएको छ । फ्रान्समा बेरोजगारी दर कीर्तिमानी उचाइमा रहेको र राति अबेरसम्म काम गर्ने कर्मचारीलाई अतिरिक्त कामको बढी पैसा दिनुपर्ने प्रवृत्तिमाथि अङ्कुश लगाउन यसो गरिएको बताइएको छ । यसअघि एप्पल, जापानी क्याजुयल वेयर डिजाइनर युनिक्लो, सुपरमार्केट चेन मोनोप्री र पेरिसको डिपार्टमेण्ट स्टोर ग्यालेरिस लाफायेटजस्ता ठूला कम्पनीमाथि पनि यस्तो प्रतिबन्ध लगाइएको थियो । कुनै पनि कम्पनीले आफ्ना कर्मचारीलाई रातको ९ बजेदेखि बिहानको ६ बजेसम्म काममा लगाउन पाउने नियम रहे पनि यो बाध्यात्मक नभएर अपवादका रुपमा कार्यान्वयन हुनुपर्ने फ्रान्सेली कानूनमा उल्लेख गरिएको छ । सेफोराको कुल आम्दानीको २० प्रतिशत राति ९ बजेभन्दा पछि हुने विक्रीले ओगटेकाले कम्पनी अपीलको परिणामको पखाईमा रहेको बताइएको छ ।

कम्पनीमा कार्यरत एक जना कर्मचारीले राति तथा छुट्टीमा काम गरेर पाउने अतिरिक्त पैसाले आफूले घरको भाडा तिर्न सकेको बताउँदै राति काम गर्नमा लगाइएको प्रतिबन्ध उचित नभएको गुनासो पोखेका छन् । कम्पनीले प्रतिबन्ध उल्लङ्घन गरेमा राति ९ बजेभन्दा पछि पसल खुला भएको हरेक दिनको १ लाख ८ हजार डलर जरीवाना तिर्नुपर्ने बताइएको छ । राति अबेरसम्म काम गर्दा स्वास्थ्यमा खराबी आउने र यसले क्यान्सरको जोखीम पनि बढाउन सक्ने खतरा रहेको र पारिवारिक समस्या पनि निम्तिने औंल्याउँदै राति काम गर्ने प्रवृत्तिको विरोध गरिएको थियो । काम गर्ने समयभन्दा बढी समय काम गर्नु नियमित नभई अपवादका रुपमा अवलम्बन गरिनुपर्ने बताइएको छ । फ्रान्सको श्रम मन्त्रालयले बताएअनुसार सन् २००९ मा राष्ट्रका कुल कामदारमध्ये १५ प्रतिशत अर्थात् ३५ लाख मानिसले करारमा अथवा पूरा समय राति काम गर्ने गर्दथे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)