ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धोबीखोला कोरिडोरको सकस : १४ किमी सडक बनाउन १० कम्पनीसँग सम्झौता

Mar 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । धोबीखोला कोरिडोर आयोजनाको कुल २४ किलोमिटर (किमी) मध्येको १४ किमी सडक बनाउन १० ओटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको पाइएको छ । आर्थिक वर्ष (आव्) २०६७/६८ देखि ती कम्पनीले समूहगत रूपमा ज्वाइन्ट भेन्चर (जेभी) बाट १४ किमीको ठेक्का पाए पनि ७ वर्षमा जम्मा १० दशमलव ५ किमी सडक मात्र निर्माण गरेका छन् । कोरिडोर निर्माणमा १ सयभन्दा बढी उपभोक्ता समिति पनि जोडिएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार बाँकी १० किमी सडकको ठेक्का सम्झौता अभैm भएको छैन । २०५९ सालदेखि शुरू भएको परियोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ५८ करोड छ । आयोजनामा हालसम्म रू. १ अर्ब ९० करोड २८ लाख खर्च भएको छ । २०६७/६८ देखि बजेट विनियोजन गरी निर्माण प्रक्रियामा आएको यो कोरिडोरमा प्राधिकरणले चालू आव २०७५÷७६ सम्म रू. २ अर्ब ४३ करोड १ लाख बजेट विनियोजन गरेको छ । आयोजना अन्तर्गत सडक निर्माणका लागि साइट क्लियर र ढल निर्माण गर्ने, जग्गा तथा घरधनीलाई मुआब्जा दिने, सुकुमबासी घरधुरीलाई स्थानान्तरण गर्ने, कोरिडोरको दायाँबायाँ ‘वाल’ बनाउने लगायत काम पर्छन् । ढल निर्माणको जिम्मा वाग्मती सभ्यता एकीकृत विकास समितिले लिएको छ । ढल समयमै नबनेकाले पनि बाँकी काम अघि बनाउन ढिलाइ भएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त इन्जिनीयर दिलीप भण्डारीले बताए । २०७७ सालसम्ममा कोरिडोरका सबै काम सम्पन्न हुने उनको भनाइ छ । आयोजनाले पहिलो चरणमा बैजनी पुल (चाबहिल) देखि खैरोपुल (वाग्मती दोभान) सम्म, दोस्रो चरणमा खैरोपुलदेखि कपन भंगालसम्म र तेस्रो चरणमा भंगालदेखि राममन्दिर (खड्ग भद्रकाली)सम्म काम गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)