ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैंकका शाखा विस्तार : शाखारहित बैंकिङका ४४ प्रतिशतले घटे ग्राहक

Mar 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचमा जोड दिन सुझाव दिँदै आए पनि शाखारहित बैंकिङका ग्राहक घट्दै गएका छन् । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष (आव) २०७४/७५ को माघ मसान्तको तुलनामा चालू आव २०७६/७६ को सोही अवधिसम्ममा शाखारहित बैंकिङका ग्राहक संख्यामा ४४ दशमलव ३१ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकका अनुसार गत आवको माघ मसान्तसम्म शाखारहित बैंकिङको ग्राहक संख्या १ लाख ६० हजार ९६ थियो । यस वर्षको सोही अवधिमा संख्या घटेर १ लाख ११ हजार ५ सय झरेको छ । ‘शाखारहित बैंकिङ केन्द्रमा नेटवर्किङ, बिजुली उपलब्धता लगायत अवरोध हुने र सानो आकारको कारोबार मात्र हुने भएकाले ग्राहकको आकर्षण शाखा कार्यालयमा बढ्न थालेको छ,’ एक बैंकरले भने । ग्राहक संख्या घट्दै गर्दा शाखारहित बैंकिङ केन्द्रको संख्या भने विस्तार भएको छ । गतवर्ष १ हजार २७३ ओटा केन्द्र थिए । गत माघ मसान्तसम्ममा १ हजार ३४४ ओटा केन्द्र पुगेका छन्, जुन गत वर्षको तुलनामा ५ दशमलव २८ प्रतिशत (७१ ओटा) को वृद्धि हो । शाखारहित बैंकिङका ग्राहकले विशेष प्रयोजनका लागि खाता खोल्ने र काम सकिएपछि बन्द गर्ने प्रवृत्ति बढेकाले संख्या घटेको केन्द्रीय बैंकको भनाइ छ । सरकारी भत्ता, पेन्सन र भूकम्प पीडितको रकम लिने बेलामा दुर्गम क्षेत्रका ग्राहकले शाखारहित बैंकिङमा खाता खोल्ने र काम सकिएपछि बन्द गर्ने प्रवृत्ति देखिएको छ । बैंकका शाखा नपुगेका स्थानसम्म पहुँच पु¥याउने उद्देश्यले शाखारहित बैंकिङको अवधारणा ल्याइएको थियो । पछिल्लो समय सबै स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा पुर्‍याउनुपर्ने भएकाले उक्त प्रणालीमा ग्राहक घट्दै गएको बैंकरहरूको भनाइ छ । मुलुक संघीय संरचनामा गएसँगै राष्ट्र बैंकको निर्देशन अनुसार ७५३ ओटै स्थानीय तहमा वाणिज्य बैंकहरूले शाखा विस्तार गरिरहेका छन् । सोही कारण वाणिज्य बैंकहरूका शाखाहरूमा ग्राहक संख्या बढ्दै गएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । हालसम्म ७०३ ओटा स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् । बाँकी ५० ओटा स्थानीय तहमा शाखा खोल्ने प्रतिबद्धता वाणिज्य बैंकहरूले गरेका छन् । पछिल्लो समय मर्जर तथा एक्वीजिशनको नीतिपछि बैंकहरूको संख्या घटेको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जालमा उल्लेख्य विस्तार देखिएको छ । २०७५ माघ मसान्तमा २८ वाणिज्य, ३३ विकास, २४ वित्त कम्पनी र ७२ लघुवित्त गरी १५७ ओटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । ती सबैका शाखा संख्या २०७५ माघ मसान्तमा ७ हजार ७३१ पुगेको छ । तीमध्ये वाणिज्य बैंकहरूका शाखा ३ हजार २६६ ओटा पुगेका छन् । २०७५ असार मसान्तसम्म यो संख्या ६ हजार ६५१ थियो । यस्तै, विकास बैंकका शाखा १ हजार १८१ ओटा पुगेका छन् । वित्त कम्पनीका १९७ र लघुवित्त वित्तीय संस्थाका ३ हजार ८७ ओटा शाखा पुगेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)