सौन्दर्य व्यापार : आकर्षक प्रविधि कर्मचारी खोज्दै चिनियाँ कम्पनी
Mar 11, 2019
 
र यो पनि
पेचिङ (चीन) । चीनमा आकर्षक महिला कर्मचारीको प्रयोग गर्दै पुरुष कर्मचारीको खोजी गरेको भन्दै १ वर्षअघि ठूला प्रविधि कम्पनीहरूको आलोचना भएको थियो । कम्प्युटर प्रोग्रामका कोडको लेखाजोखा राख्ने ‘कोडर’लाई आकर्षित पार्न यस्तो प्रयोग गरिएको कम्पनीमाथि आरोप थियो । आलोचनापछि कम्पनीहरूले उक्त विज्ञापनका लागि खोलिएको पद नै हटाएका थिए ।
अहिले पनि चीनमा सौन्दर्यको व्यापार गर्ने क्रम भने हटेको छैन । मुलुकका ठूला वेबसाइट लाइफिन र चाओफिनले खोलेको हजारभन्दा बढी रोजगारीको विज्ञापनमा मानिसको सौन्दर्य, लिंग र उमेरजस्ता मापदण्ड तोकिएको छ ।
लैंगिक विभेदविरुद्धको अभियान ह्यासट्याग मिटू शुरू भएको १ वर्षभन्दा बढी भइसक्दा पनि चीनमा भने स्वच्छरूपमा रोजगारी दिलाउन अझै पनि चुनौती देखिएको छ । जनशक्ति घट्दो क्रममा रहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी चिनफिङले काममा हुने कुनै पनि किसिमको विभेद हटाउन आग्रह गरेका थिए । तर, चीनमा महिला अधिकारवादी गतिविधिमा रोक लगाइएको छ भने मिटूसम्बन्धी विषय वेबसाइटबाट हटाइएको छ ।
चीनमा मानव अधिकारबारे काम गरिरहेको गैरनाफामूलक संस्थाका अनुसन्धानकर्ता वाङ याछ्युले चीन बराबरीको अवसर प्रदान गर्ने मामिलामा पछि परेको र त्यसका लागि थप सतर्क हुन आवश्यक रहेको बताएका छन् । लाइफिनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । चाओफिनले भने चीनको कुनै पनि नियम उल्लंघन नगरेको दाबी गरेको छ
यसअघि चीनका प्रमुख इन्टरनेट कम्पनी अलिबाबा, टेनसेन्ट र पाइतुले पुरुषलाई मात्र विज्ञापन खोलेको भन्दै आलोचना खेपेका थिए । अलिबाबाले भने आफूले चीनको समान अवसरको सबै नियम पालना गरेको बताएको थियो । रोजगारीमा हुने विभेदमा प्रतिबन्ध लगाए पनि कार्यान्वयनको पक्षमा भने चीन कमजोर देखिएको छ ।
अझै पनि चीनमा रोजगारीका लागि विभेद गर्ने गरिएको पाइन्छ । साङहाईमा स्थित स्याहार केन्द्र आईचाओहुले नर्सका लागि खोलेको आवेदनमा आकर्षक व्यक्तिले मात्र सो आवेदन भर्न आग्रह गरेको थियो । यस विषयमा सोधिएको प्रश्नमा पनि कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।
चीनमा सफलताका लागि व्यक्तिको सौन्दर्य निकै महŒवपूर्ण रहेको जानकारहरू बताउँछन् । चीनमा रोजगारीमा राख्ने, प्रमोशन दिने र काममा दैनिक छलफल गर्ने विषयमा पनि सौन्दर्यलाई आधार बनाइन्छ । आकर्षक पुरुष र महिलाले अन्य कर्मचारीको तुलनामा २० प्रतिशत बढी रकम पाउने गरेको व्यावसायिक अनुसन्धानकर्ता क्याथरिन हकिमले बताइन् । उनले व्यावसायिक रोजगारीमा भौतिक आवरणको कुनै महŒव छैन भन्ने सोच्नु चीनमा ठूलो गल्ती रहेको बताइन् । एजेन्सी