ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा दाबी गर्न आफ्नै हात काटेपछि

Mar 12, 2019  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बीमाको झुठो दाबी रकम पाउन मानिसहरुले विभिन्न हतकण्डा अपनाउने गरेको हामीले सुन्दै आएका छौं । तर यसका लागि कसैले आफ्नै हातै काट्ला त ? स्लोभेनियामा एक युवतीले झुठो बीमा दाबी गर्न आफ्नै हात काटेको त्यहाँको प्रहरीले आरोप लगाएको भन्दै समाचार संस्था बीबीसीले समाचार छापेको छ । समाचारमा उक्त युवतिको नाम भने खुलाइएको छैन । २१ वर्षिय सो युवतीले परिवारका सदस्यहरुसँग मिलेर आराले आफ्नो हात काटेको दाबी प्रहरीले गरेको छ । अहिले सो युवती र उनको परिवारका सदस्यलाई प्रहरी हिरासतमा राखिएको छ । आरोप पूष्टि भएमा उनीहरुले ८ वर्षसम्म जेलसजाय हुन सक्छ । यो घटनापछि आरोपीहरुले दूर्घटना बीमाको भुक्तानी लिएको प्रहरीको भनाइ छ । उक्त युवतीले क्षतिपूर्तिबापत करीब ४ लाख यूरो लिन सक्ने छिन् । बीमा पोलिसी अन्तर्गत उनले हरेक महीना करीब ३ हजार यूरो पनि पाउनेछिन् । यो घटनामा दोषी रहेको आशंकामा यस वर्षको शुरुमै प्रहरीले परिवारका चार सदस्यलाई पक्राउ गरेको थियो । तर, पछि उनीहरुमध्ये दुईलाई छाडिएको थियो । सो समूहले आफ्नै घरमा उक्त युवतिको नाडीभन्दा तलको भाग काटेको प्रहरीको भनाइ छ । घटनापछि आफन्तले सो युवतिलाई अस्पताल पनि लगेका थियो । तर अस्पतालमा भने उनीहरुले रुखका हाँगाहरु काट्ने क्रममा आरा (करौंती)ले हात काटेको बताइयो । अधिकारीका अनुसार हातको काटिएको हिस्सालाई अस्पतालमा नलगेर घरमै छाडिएको थियो । स्थायीरुपमै अपांग भएको भनेर बीमाको रकम दाबी गर्न उनीहरुले यस्तो गरेका थिए । तर अधिकारीहरुले समयमा नै काटिएको हिस्सा फेला पारेर हातमा जोडिदिएका थिए । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)