ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीलाई घरजग्गामा पनि लगानी गर्न खुला

Mar 14, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा कम्पनी (बीमक) ले अब घरजग्गा व्यवसायमा पनि लगानी गर्न पाउने भएका छन् । साथै कृषि, पर्यटन र जलस्रोतजस्ता पूर्वाधारको निर्माणमा पनि ऋण वा पूँजी लगानी गर्र्न पाउने नयाँ व्यवस्था गरिएको छ । बीमा समितिले बुधवार ‘बीमकको लगानी निर्देशिका, २०७५’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यससँगै यसअघिको ‘बीमकको लगानी नीति, २०७१’ खारेज भएको छ । पुरानो लगानी नीतिमा जीवन र निर्जीवन बीमा कम्पनीका लागि छुट्टाछुट्टै लगानी निर्देशन थियो । नयाँ निर्देशिकामा भने पुनर्बीमा, जीवन र निर्जीवन बीमा कम्पनीका लागि एकीकृत लगानी निर्देशन रहेको छ । निर्देशिकाअनुुसार कम्पनीहरूले घरजग्गा व्यवसायमा कुल ‘टेक्निकल रिजर्भ’को ५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । यसैगरी कम्पनीले कृषि, पर्यटन र जलस्रोतजस्ता पूर्वाधारको ऋण वा पूँजीमा कुल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै, बीमा कम्पनीलाई बैंक, वित्तीय संस्था लगायत पब्लिक कम्पनीको ऋणपत्रमा पनि लगानी गर्ने बाटो खुलेको छ । यसअघि बीमा कम्पनीले नेपाल राष्ट्र बैंक तथा सरकारको ऋणपत्रमा मात्र लगानी गर्नसक्ने व्यवस्था थियो । नयाँ निर्देशिका मार्फत धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको ऋणपत्रमा कुल टेक्निकल रिजर्भको अधिकतम २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै, नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा अनिवार्य रूपमा कुल टेक्निकल रिजर्भको कम्तीमा ५ प्रतिशत लगानी गर्नैपर्ने हुन्छ । साथै ‘क’ वर्गका बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दतीमा कुल टेक्निकल रिजर्भको न्यूनतम ४० प्रतिशतसम्म लगानी गर्नैपर्ने भएको छ । यसमा कम्पनीले ‘सल्भेन्सीसम्बन्धी निर्देशिका’ बमोजिम न्यूनतम १ दशमलव ५ः१ बराबरको अनुपातमा लगानी गर्नुपर्ने हुन्छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीलाई लगानीका लागि निर्देशिकाले थुपै्र बाटो खोलेको बताए । उनले भने, ‘उत्पादनशील क्षेत्रमा लगानी गर्दा कम्पनीको आम्दानी बढ्ने हुनाले बीमित र शेयर लगानीकर्ता दुवैलाई लाभ हुन्छ ।’ अन्य क्षेत्रमा लगानी गर्न स्वीकृति लिनुपर्ने तर निर्देशिकामा उल्लेख नभएका क्षेत्र र तोकिएको सीमाभन्दा बढी लगानी गर्न भने बीमा कम्पनीले समितिबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । के हो कुल टेक्निकल रिजर्भ ? नयाँ निर्देशिका अनुसार यो जीवन बीमकको हकमा बीमांकीय मूल्यांकन प्रतिवेदन अनुसार म्याथमेटिकल रिजर्भ, तत्काल भुक्तानी दिनुपर्ने व्यवस्था लगायत कोषमा छुट्टाइएको रकमको योग हो । यस्तै, निर्जीवन बीमकमा समितिले तोके अनुसार जोखिम बापतको व्यवस्था, आकस्मिक व्यवस्था लगायत कोषमा छुट्टाइएको रकमको योग गरी कुल टेक्निकल रिजर्भको गणना गरिन्छ । यसैगरी पुनर्बीमा कम्पनीको हकमा बीमांकीय मूल्यांकन प्रतिवेदनअनुसार विभिन्न कोषमा छुट्टाइएको रकमको योग गरी यसको गणना गरिन्छ ।
राजुरमण पौडेल निमित्त कार्यकारी निर्देशक बीमा समिति निकट भविष्यमा जोखिममा आधारित पूँजीको व्यवस्था गर्नेगरी नयाँ निर्देशिका ल्याइएको हो । जोखिममा आधारित पूँजी भयो भने कम्पनीहरूले सोही अनुसारको व्यवसाय गर्छन् । त्यस्तो अवस्थामा नियमन पूँजी (चुक्तापूँजी) को आवश्यकता पर्दैन । मनोजकुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत प्राइफ लाइफ इन्स्योरेन्स पहिले लगानीसम्बन्धी उपयुक्त नीतिगत व्यवस्था नहुँदा सीमित क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता थियो । नयाँ निर्देशिकाले लगानीको दायरा फराकिलो बनाएको छ । निर्देशिकाले बीमा कम्पनीको लगानीलाई व्यावसायिक रूपमा अगाडि बढाउन मद्दत पु¥याउने भएकोले स्वागतयोग्य छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)