ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ट्वाइलेट पेपर’ कारखाना टेकओभर गर्ने आदेश

Oct 3, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कुनै पनि कम्पनी अर्को कम्पनीभन्दा कमजोर भएमा आर्थिक रुपमा बलियो कम्पनीले त्यसलाई टेकओभर गर्ने गर्छन् । कम्पनीहरुले आफ्नो पकड बलियो बनाउनसमेत अर्को त्यस्तै प्रकृतिको वा फरक कम्पनीलाई टेकओभर गर्ने गर्छन् । तर, भेनेजुएलाको एक सरकारी कार्यालयले भने ट्वाइलेट पेपर उत्पादन गर्ने कारखानालाई टेकओभर गर्ने आदेश दिएको छ । यो वर्ष ट्वाइलेट पेपर अभाव देखिएको र त्यसको आपूर्ति सहज बनाउन ट्वाइलेट पेपर कारखानालाई अल्पकालीन अवधिका लागि टेकओभर गर्ने आदेश दिएको सनडिकोप (मूल्य नियन्त्रण गर्ने राष्ट्रिय कम्पनी)द्वारा प्रकाशित विज्ञप्तिमा  बताइएको छ ।

भेनेजुएलामा ट्वाइलेट पेपरदेखि दूध तथा सबै अत्यावश्यक वस्तु अभावले राष्ट्रपति निकोलस मडुराको समाजवादी सरकार मूल्यमा कडाइ गर्न र मुद्रा नियन्त्रणमा विफल रहेकोप्रति सङ्केत गरेको मडुराको आलोचकको भनाइ छ । त्यस्तै, उनीहरुले विभिन्न सञ्चारमाध्यमबाट सरकारी प्रशासनको खिल्लीसमेत उडाएका छन् । यसैक्रममा सनडिकोपले त्यहाँको प्रमुख ट्वाइलेट पेपर उत्पादक कम्पनी मान्पासँग आबद्ध एक कारखानालाई १५ दिनका लागि आफ्नो नियन्त्रणमा लिने बताएको छ । ‘ट्वाइलेट पेपर, स्यानिटरी न्यापकिन र डिस्पोजेबल डायपर उत्पादन कम्पनीलाई गरिएको कारबाहीले जनताको आधारभूत आवश्यकता पूरा गर्न राज्यको दायित्व रहेकोप्रति सबैलाई सजग गराएको छ,’ सनडिकोपले भनेको छ ।

‘ट्वाइलेट पेपर कम्पनीले जनताको यस्ता वस्तुप्रतिको पहुँचको अधिकार उल्लङ्घन गरेकाले अस्थायी टेकओभरको आदेश दिइएको हो,’ सानडिकोपको कथन छ । यसबारेमा मान्पा कम्पनीले केही प्रतिक्रिया नदिए पनि समर्थकहरुले भने निजी व्यवसायमाथि लगाइएको कडा नियमको प्रशंसा गरेका छन् । उनीहरुले छिटो नाफा कमाउने व्यवसायीहरुको बेइमान नियतको आलोचना गर्दै समाजवादी सरकारको सामाजिक सहायता कार्यक्रमको प्रशंसा गरेका छन् । उता, आलोचकहरुले भने उपभोग्य वस्तुको अभाव हुनुमा विनिमय दरको कठिनाइ र मुद्रामा आएको कमीले कच्चा पदार्थ तथा मेशिनरी सामान आयात गर्न व्यवसायीहरु असमर्थ रहनुलाई जिम्मेवार ठहर्‍याएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)