ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ५ लाखभन्दा बढीको शेयर कारोबारमा मात्र प्यान अनिवार्य

Mar 15, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । आउँदो वैशाख १ गतेदेखि दोस्रो बजारमा पाँच लाख रुपैयाँभन्दा बढी शेयर कारोबार गर्नेका लागि मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुने भएको छ । यसअघि खरीद कर्ताको लागि मात्र दोश्रो बजारमा प्यान अनिवार्य गर्ने भनिएको थियो । अब भने नेपाल धितोपत्र बोर्डले खरीद र विक्रीकर्ता दुवैका लागि प्यान अनिवार्य गर्ने निर्णय गरेको छ । पाँच लाख रुपैयाँभन्दा कम कारोबार गर्नेका निम्ति भने प्यान ऐच्छिक हुनेछ । लगानीकर्ता तथा सम्बद्ध पक्षहरूसँगको छलफल र अर्थ मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार यस्तो निर्णय गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले बताए । यसबाट दोस्रो बजारको शेयर कारोबारमा प्यान कार्यान्वयन सहज रूपमा अघि बढ्ने बोर्डको अपेक्षा रहेको छ । बजेटमै ब्यवस्था भएको प्यान कार्यान्वयनको प्रगतिका सम्बन्धमा अर्थ मन्त्रालयले गत कात्तिक ९ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग जानकारी मागेको थियो । यसलगत्तै कात्तिक १२ गते बोर्डले आउँदो वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर खरीद गर्दा प्यान अनिवार्य लागू गर्ने निर्णय ग¥यो । लगानीकर्ताहरूबाट त्यसको चर्को विरोध भएपछि बोर्डले पाँच लाख रुपैयाँभन्दा कमको कारोबारलाई प्यानको अनिवार्यताबाट मुक्त गरेको हो । बोर्डको निर्णयलाई नेपाल इन्भेष्टर्स फोरमले प्रेस विज्ञप्ति जारी गरी स्वागत गरेको छ । लगानीकर्ता सम्बद्ध अन्य संगठनहरूले समेत निर्णयको स्वागत गर्दैै नियामक निकायले यसको कार्यान्वयनलाई सहज बनाउन भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन् । यसैबीच नेप्सेले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूलाई छुट्टै डेक्स तथा कर्मचारीसमेत तोकेर वैशाख १ गतेदेखि नै प्यान कार्यान्वयनमा सहजीकरण गर्न निर्देशन दिएको छ । नेप्सेले आन्तरिक राजस्व विभागको वेबसाइट मार्फत प्यान दर्ता प्रक्रियाका लागि निवेदन दिन चाहने लगानीकर्ताहरूलाई सघाउन निर्देशन दिएको हो ।
नयन बास्तोला महासचिव शेयर लगानीकर्ता दबाब समूह लामो समयदेखि विवादित रहेको प्यानको विषयमा बोर्डले गरेको निर्णय स्वागतयोग्य छ । आम लगानीकर्ताहरूको सुझावलाई केही हदसम्म कार्यान्वयन गर्दै पाँच लाखभन्दा बढी कारोबार गर्नेलाई प्यान लगाउने दायरा तोकेकोमा सरकारको उद्देश्य स्पष्ट भएन । हामी लगानीकर्ता प्यानका विरोधी हैनौ । तर देशका सबै क्षेत्रका धेरैजसो सक्रिय लगानीकर्ता काठमाडौंमा बसेरै कारोबार गरेको अवस्थामा प्यान लिन नागरिकता लिएको जिल्लानै जानुपर्ने अवस्थालाई सरकारले सहज बनाउनुपर्ने देख्छु । ताराप्रसाद फुल्लेल उपाध्यक्ष शेयर लगानीकर्ता संघ नेपाल सरकारले हतारमा प्यान अनिवार्य गर्न लागेको छ । पूँजीबजार सुधारका लागि राज्यको तर्फबाट गर्नुपर्ने धेरै काम बाँकी रहँदा बारम्बार किन प्यानलाई नै विषय बनाइन्छ ? प्यान लागू गर्नुपूर्व लगानीकर्ताहरूलाई यसको फाइदाका विषयमा स्पष्ट पार्न आवश्यक छ । स्पष्ट नै नपारी प्यान लागु गराउनु कत्तिको उपयुक्त हो ? अहिले सरकारलाई तिर्दै आएको पूँजीगत लाभकर नै अन्तिम हो या होइन भन्ने विषयमा पनि लगानीकर्ताहरू अभैm अन्योलमा छन् । सर्वप्रथम यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)