ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगानी सम्मेलनको तयारी : ६३ ओटा परियोजनामा विदेशी लगानी भित्र्याइने

Mar 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे
काठमाडौं । सरकारले लगानी सम्मेलनबाट ६३ परियोजनामा वैदेशिक लगानी भित्र्याउने भएको छ । आउँदो चैत १५ र १६ गते राजधानीमा हुने सम्मेलनमार्फत सरकारी ४६ र निजीक्षेत्रका १७ ओटा परियोजनामा सरकारले लगानी भित्र्याउने भएको हो । त्यस्ता आयोजनाको लागत रू. ३० खर्बभन्दा बढी छ । सरकारी स्वामित्वका ऊर्जा, औद्योगिक, कृषि, पर्यटन, यातायात, शिक्षा र हवाई पूर्वाधार सम्बन्धी प्रस्तावित त्यस्ता आयोजनाको लागत रू. २८ खर्ब ४२ अर्ब १० करोड ८९ लाख छ । यस्तै, निजीक्षेत्रको स्वामित्वमा रहेका उद्योग, ऊर्जा र पर्यटन क्षेत्रका १७ ओटा आयोजनाको कुल लागत रू. २ खर्ब ७ अर्ब ७० करोड ८० लाख छ । सरकारी तथा निजीक्षेत्र दुवैले ऊर्जामा जोड दिएका छन् । निजीक्षेत्रले रू. १ खर्ब ६२ अर्बका ११ र सरकारले रू. ११ खर्ब १ अर्ब २४ करोड लागतका ७ ओटा जलविद्युत् आयोजना अगाडि सारेका छन् । दुईदिने सम्मेलनका नौओटा सत्रमा नेपालका अधिकारी र विदेशस्थित दातृ निकाय र निजीक्षेत्रले लगानी सम्भावनाबारे छलफल गर्नेछन् । यसैबीच, सरकारले लगानीकर्तालाई आकर्षित गर्न त्यस सम्बन्धी कानूनहरू निर्माण र संशोधन तीव्र पारेको छ । लगानी बोर्डका अनुसार एक दर्जनभन्दा बढी कानून संशोधनको प्रक्रिया स्वरूप संसद्मा विचाराधीन छन् । यसले पनि लगानीकर्ताको मनोबल बढाउने बोर्डको अपेक्षा देखिन्छ । सम्मेलनमा ५० भन्दा बढी देशका लगानीकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि, विज्ञ र सरोकारवाला सहभागी हुनेछन् । यसैबीच, शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डको ३५ औं बैठकलाई सम्बोधन गर्दै लगानी सम्मेलनको तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । बैठकले प्रस्तावित आयोजना स्वीकृत समेत गरेको बोर्डका सहसचिव बलराम रिज्यालले जानकारी दिए । नेपालले यसअघि सन् २०१७ मा पनि लगानी सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरूले रू. १४ खर्ब बराबरको लगानी प्रतिबद्धता गरेका थिए । तर, सरकारले प्रतिबद्धताको २५ प्रतिशत मात्रै वैदेशिक लगानी भित्र्याउन सकेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)