ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऋणपत्रमा बीमा कम्पनीको प्रवेश : डिबेन्चरको दोस्रो बजार पनि चलायमान हुने अपेक्षा

Mar 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा
काठमाडौं । बीमा कम्पनीहरूले पनि प्रवेश पाएकाले ऋणपत्र (डिबेन्चर) विक्री नहुने चिन्ता हट्ने भएको छ । बीमा कम्पनीहरूले आप्mनो कुल ‘टेक्निकल रिजर्भ’को २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था बीमा समितिले फागुन २९ मा जारी गरेको निर्देशिकामा उल्लेख छ । हालसम्म बैंकहरूले जारी गरेका डिबेन्चर सबै विक्री नहुने अवस्था थियो । यसबाट ऋणपत्रको दोस्रो बजारसमेत चलायमान हुने बैंकरहरूको अपेक्षा छ । भर्खरै ऋणपत्र जारी गरेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बीमा समितिको नयाँ व्यवस्थाबाट बीमा कम्पनीलाई बिना जोखिम दीर्घकालीन लगानी गर्न सक्ने अवसर जुटेको बताए । यसबाट आगामी दिनमा ऋणपत्र बिक्री नहुने समस्या भोग्नु नपर्ने उनको भनाइ छ । ‘बजारमा यस्तो डिबेन्चर खरीद गर्न अपुग भएमा बीमा कम्पनीले धितोपत्रमा सूचीकृत ऋणपत्र समेत खरीद गर्न पाउने व्यवस्थाले यसको दोस्रो बजारको कारोबार राम्रो हुने आशा गर्न सकिन्छ,’ उनले भने । माघ १३ देखि फागुन १३ सम्म विक्री खुला गरेको एनआईसी एशिया बैंकको ४० प्रतिशत ऋणपत्र विक्री भएको थिएन । उक्त बैंकले कुल ४० लाख कित्तामध्ये २४ लाख ४ हजार ६८८ कित्ता मात्र बाँडफाँट गरेको थियो । त्यसमध्ये २६ ओटा संघसंस्थालाई २२ लाख ६३ हजार ६०० र १ हजार ९९ जना आवेदकलाई कुल १ लाख ४१ हजार ८८ कित्ता ऋणपत्र बाँडफाँट गरिएको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ । यस्तै, फागुन १५ देखि ऋणपत्र विक्री शुरू गरेको ग्लोबल आईएमई बैंकले छिटो अवधिमा माग अनुसारको आवेदन नपरेपछि चैत १४ सम्म लामो अवधिको विक्री खुला गर्नुपरेको छ । एनएमबी बैंकले फागुन ३० देखि ऋणपत्र जारी गरेको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि कुल १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । निष्कासन तथा विक्री खुलाका लागि छिटो अवधिमा चैत ४ र पहिलो चरणमा विक्री हुन नसके ढिलोमा चैत १४ सम्म समय तोकिएको छ । यस्तो छ निर्देशिकाको व्यवस्था बीमा समितिद्वारा ‘बीमकको लगानी निर्देशिका, २०७५’ जारी भएकाले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने) र ऋणपत्रमा पनि लगानी गर्न बाटो खुलेको हो । यसअघि बीमा कम्पनीले नेपाल राष्ट्र बैंक तथा सरकारको ऋणपत्रमा मात्र लगानी गर्नसक्ने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रमा बीमा कम्पनीले अनिवार्य खरीद गर्नुपर्ने सीमा निर्देशिकाले तोकेको छ । त्यसअनुसार जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजीको १० प्रतिशत मात्र लगानी गर्न पाउनेछन् । निर्देशिका अनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको ऋणपत्रमा कुल टेक्निकल रिजर्भको अधिकतम २० प्रतिशतसम्म लगानी गर्न पाउने छन्, जसमा कुनै पनि बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थामार्पmत विक्री आ≈वान भएको कुल रकमको १० प्रतिशतसम्म मात्र खरीद गर्न पाउने व्यवस्था छ । के हो ऋणपत्र (डिबेन्चर) ? तोकिएको दर र समयमा साँवा–ब्याज भुक्तानी गर्ने शर्तमा संगठित संस्थाले जारी गरेको ऋणपत्रलाई डिबेन्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतया १ हजार रुपैयाँ हुन्छ । डिबेन्चरवालाहरूले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रूपमा ब्याज प्राप्त गर्छन् । तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा केन्द्रीय वा स्थानीय सरकारले जारी गरेको ऋणपत्रलाई ‘बन्ड’ भनिन्छ । बन्ड वा डिबेन्चरवालाहरूलाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर र मतदान गर्ने अधिकार हुँदैन । कम जोखिम लिन चाहने लगानीकर्ताहरूको रोजाइमा ऋणपत्र पर्छन् । धितो जमानी भएको र नभएको, विमोच्य र अविमोच्य, परिवर्तनीय र अपरिवर्तनीय गरी ऋणपत्रलाई विभाजन गर्न सकिन्छ । के हो कुल टेक्निकल रिजर्भ ? कुल टेक्निकल रिजर्भ भनेको जीवन बीमकको हकमा बीमांकीय मूल्यांकन प्रतिवेदन अनुसार ‘म्याथमेटिकल रिजर्भ’, तत्काल भुक्तानी दिनुपर्ने व्यवस्था लगायत कोषमा छुट्याइएको रकमको योग हो । यस्तै, निर्जीवन बीमकमा समितिले तोके अनुसार जोखिम बापतको व्यवस्था, आकस्मिक व्यवस्था लगायत कोषमा छुट्याइएको रकमको योग गरी कुल टेक्निकल रिजर्भको गणना गरिन्छ । यस्तै, पुनर्बीमा कम्पनीको हकमा बीमांकीय मूल्यांकन प्रतिवेदनअनुसार विभिन्न कोषमा छुट्याइएको रकमको योग गरी यसको गणना गरिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)