ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक : करारबाट उत्पादन निषेधको विरोध

Mar 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयकमा करारबाट उत्पादन निषेध गर्ने व्यवस्थाको विरोध भएको छ । हाल विदेशी लगानीमा सञ्चालित उद्योगले नेपाली उत्पादकसँग करार गरी आफ्नो ब्रान्डमा सामान उत्पादन गरिरहेका छन् । यसबाट नेपाली उत्पादकहरूले काम पाएका छन् र त्यसरी उत्पादित वस्तुले स्वदेश तथा विदेशमा बजार पनि पाइरहेका छन् । तर, संसद्मा दर्ता भएको विधेयकमा आफ्नो ब्रान्डमा बेच्ने वस्तु विदेशी लगानीमा सञ्चालित उद्योगले आफै उत्पादन गर्नुपर्ने व्यवस्था छ । वैदेशिक लगानी सम्बन्धी कानूनका जानकार अधिवक्ता अञ्जान न्यौपानेले यस्तो व्यवस्थाबाट करारमा उत्पादन गर्ने नेपाली र त्यस्तो उत्पादन लिने विदेशी कम्पनीलाई समेत नकारात्मक असर गर्ने बताए । करारमा गरिने उत्पादनले मुलुकमा रोजगारी बढाएको र निर्यातमा समेत प्रत्यक्ष रूपमा सहयोग गरेको बेला सरकारले उक्त व्यवस्था ल्याउन खोज्नु गलत भएको उनको भनाइ छ । विधेयक पारित भएमा गैर स्वपूँजी (इक्विटी) प्रकृतिको (आफैले पूँजी लगाउनुको साटो अरूको पूँजी उपयोग गरिने) विदेशी लगानीलाई आकर्षित गर्ने महत्त्वपूर्ण ढोका बन्द हुने जोखिम समेत रहेको न्यौपानेको भनाइ छ । ‘प्रस्तावित विधेयक पारित भएमा हालको कानून बमोजिम करारमा उत्पादन गरिरहेका नेपाली कम्पनीहरूको व्यवसाय समेत चौपट हुनेछ,’ न्यौपानेले भने । यसबाट उत्पादनमूलक उद्योग स्थापना गर्न भइरहेको अध्ययनमा समेत असर पर्ने र सम्भाव्य विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने न्यौपाने बताउँछन् । यस्तै, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी लगानीमा सञ्चालित उद्योगले गलत मनसायले लगानी गर्न खोजे त्यस्तो कार्य रोक्न आवश्यक भए पनि करारबाट गरिने उत्पादनलाई सरकारले निषेध गर्न आवश्यक नरहेको बताए । सरकारले भने विधेयक गलत मनसायबाट नल्याइएको स्पष्ट पारेको छ । उद्योग सचिव यामकुमारी खतिवडाले आर्थिक अभियानसँग कुराकानी गर्दै करार उत्पादनलाई नियमन गर्न मात्रै सरकारले उक्त विधेयक ल्याउन खोजेको बताइन् । उनका अनुसार यस व्यवस्थाबाट करार उत्पादनमार्फत कुनै कम्पनीले वस्तु आयात/निर्यात गर्न निषेध गरिएको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)