ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमाल आरोहणमा अक्सिजन प्रयोग : अब यूरोपेली र अमेरिकी मापदण्डका सिलिन्डर मात्र

Mar 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । हिमाल आरोहणको सिजन शुरू भएसँगै पर्यटन विभागले अक्सिजन सिलिन्डर प्रयोगका लागि नयाँ मापदण्ड तय गरेको छ । हिमाल आरोहणका लागि प्रयोग हुने सिलिन्डर धेरै पुराना र आरोहणका क्रममा चुहावट हुने समस्या देखिएपछि विभागले नयाँ मापदण्ड ल्याएको हो । अक्सिजनको मापदण्ड पूरा भएको वा नभएको भन्ने विषयमा अध्ययन गर्न गुणस्तर तथा नापतौल विभागलाई जिम्मा दिइएको र मापदण्ड विपरीत जानेलाई कारबाही गरिने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । प्रचलित मूल्यभन्दा बढीमा अक्सिजन विक्री गरेको गुनासो आएमा वा अनुगमनबाट देखिएमा कारबाही गरिने घिमिरेले बताए । मापदण्ड विपरीत अक्सिजन भरिएका केही सिलिन्डर गत वर्ष बीचमै पड्किएका थिए । सिलिन्डर पड्किएपछि हिमाल आरोहणमा जानेहरूलाई समस्या भएको उजुरी विभागमा परेको थियो । संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्न नहुने बताउँदै विभागले नयाँ मापदण्ड ल्याएको हो । नयाँ व्यवस्था अनुसार पर्वतारोहणमा प्रयोग गरिने अक्सिजन सिलिन्डर यूरोपेली र अमेरिकी मापदण्ड बमोजिमका, १० वर्षभन्दा बढी पुराना हुन नहुने तथा कम्तीमा आठदेखि १० घण्टासम्म प्रयोग गर्न सकिने हुनुपर्नेछ । सिलिन्डरमा भरिने वा भएको अक्सिजन सुक्खा हुनुपर्ने तथा मिति नाघिसकेका सिलिन्डर प्रतिस्थापन गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यो मापदण्डले हिमाल आरोहण गर्नेहरूलाई थप सहज हुने नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए । धेरै पुराना सिलिन्डर प्रयोग गर्दा आरोहीहरूलाई पर्ने समस्या वर्षेनि दोहोरिँदै आएको छ । नयाँ मापदण्डले त्यो कमजोरी अन्त्य हुने शेर्पाको विश्वास छ । आगामी अप्रिल १ (चैत १८) देखि हिमाल आरोहणको वसन्त सिजन शुरू हुँदै छ । गृष्म र शरद् ऋतुमा पनि हिमाल आरोहण हुने भए पनि वसन्त ऋतुमा सबैभन्दा बढी पर्वतारोही आउने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)