ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ल्ड ह्याप्पिनेश रिपोर्ट २०१९ : बढ्यो नेपालीको खुशीको स्तर

Mar 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । नेपालीको खुशीको स्तर बढेको छ । संयुक्त राष्ट्रसंघका लागि ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क’ले सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेश रिपोर्ट २०१९’ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार ४ दशमलव ९१३ अंकसहित नेपाल विश्वको एक सयौं खुशी देशका रूपमा देखिएको छ । गतवर्ष भने ४ दशमलव ८८० अंकसहित नेपाल विश्वको १०१ औं खुशी देशका रूपमा थियो । नेपालभन्दा माथि र तल क्रमशः ४ दशमलव ९४४ अंक र ४ दशमलव ९१३ अंकसहित आइभोरी कोस्ट र जोर्डन छन् । गतवर्षको प्रतिवेदनमा झैं यस वर्ष पनि नेपाल दक्षिण एशियामा तेस्रो खुशी राष्ट्रका रूपमा छ । खुशीको मामिलामा दक्षिण एशियामा पाकिस्तान सबैभन्दा माथि छ । पाकिस्तानको खुशी स्तर ५ दशमलव ६५३ अंक छ । गत वर्षको तुलनामा यस वर्ष सूचीमा पाकिस्तान ८ स्थान उक्लिँदै ६७ औं स्थानमा पुगेको छ । पाँच दशमलव शून्य ८२ अंकसहित भुटान ९५औं स्थानमा छ । बंगलादेश, श्रीलंका, भारत र अफगानिस्तान क्रमशः १२५, १३०, १४० र १५४औं स्थानमा छन् । प्रतिवेदनअनुसार ७ दशमलव ७६९ अंकसहित फिनल्यान्ड विश्वको सबैभन्दा खुशी देशका रूपमा छ । २ दशमलव ८५३ अंक खुशीको स्तरसहित दक्षिण सुडान सूचीको पुछारमा छ । विगत केही वर्षभैंm अमेरिकीहरूको खुशीको स्तर यस वर्ष घटेको छ । सूचीमा अमेरिका एक स्थान घटेर १९औं स्थानमा आएको छ । खुशीको मामिलामा चीन पनि ७ स्थान तल झरेर ९३औं स्थानमा आएको छ । बेलायत भने सूचीमा ४ स्थान उक्लिएर १५औं स्थानमा पुगेको छ । प्रतिवेदन विश्वका १५६ देशमा गरिएका सर्वेक्षणहरूको विश्लेषणबाट तयार पारिएको हो । यसमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी), दानको भावना, सामाजिक सुरक्षा, औसत आयु, लगायत ७ तत्त्वका आधारमा देशहरूलाई सूचीकृत गरिएको छ । सन् २०१२ यता हरेक वर्ष मार्च २० मा मनाइने अन्तरराष्ट्रिय खुशी दिवसको अवसरमा ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क’ले ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ सार्वजनिक गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)