ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किस्ट बैंक घोटाला प्रकरण : ज्ञवालीको रिहाइ सर्वोच्चद्वारा अस्वीकार

Mar 25, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । बैंकिङ कसूर गरेको आरोप लागेका किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई रिहा गर्न सर्वोच्च अदालतले आइतवार अस्वीकार गरेको छ । बैंकिङ कसूर आरोपमा सरकारले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा ज्ञवालीलाई समेत प्रतिवादी बनाइएको थियो । अदालतबाट बैंकिङ कसूर गरेको ठहर भएपछि उनी फरार भएका थिए । गत असोजमा पक्राउ गरेर प्रहरीले उनलाई उच्च अदालत, पाटनमा बुझाएको थियो । उक्त अदालतको वाणिज्य इजलाशले ज्ञवालीलाई कैदमा पठाएको थियो । त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनले बन्दी प्रत्यक्षीकरणको रिटसमेत दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीशहरू केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले ज्ञवालीलाई रिहा गर्न आइतवार अस्वीकार गरेको हो । रिटको माग बमोजिम आदेश गर्न सर्वोच्चले अस्वीकार गरेपछि अब ज्ञवालीले उच्च अदालत, पाटनको फैसला बमोजिम कैद बस्नुपर्ने भएको छ । ज्ञवालीलाई उच्च अदालतले ४ करोड २७ लाख रुपैयाँ जरीवाना र ४ वर्ष कैद हुने पैmसला गरेको थियो । जम्को प्रकाशनका नाममा ज्ञवालीले किस्टलगायत बैंकबाट गैरकानूनी रूपमा ऋण दिएको ठहर उच्च अदालतले गरेको छ । ऋणी भनिएका किशोर ढकाल, जमानीकर्ता देवकी बस्ताकोटी र जग्गाको मूल्यांकनकर्ता कोमानन्द अधिकारीलाई उक्त मुद्दामा प्रतिवादी बनाइएको थियो । उनीहरूलाई पनि उच्च अदालतले दोषी ठहर गरी कैद गर्ने फैसला गरेको थियो । थोरै मूल्य पर्ने जग्गालाई १५ करोड रुपैयाँ मूल्यांकन सहित धितो राखेर ऋण प्रवाह गरेको सरकारले दायर गरेको मुद्दामा उल्लेख थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)