ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मापसे नगर्नेबाट बढी दुर्घटना !

Oct 9, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सवारीसाधन चलाउँदा बढी सावधानी अपनाउनुपर्ने हुन्छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्दा दुर्घटनाको जोखीम बढ्ने हुँदा सवारीसाधन चलाउँदा मापसे निषेधसमेत गरिएको छ । मापसे गरेर सवारी चलाउनु खतरनाक परिस्थितिलाई निम्ता दिनुजत्तिकै हुने पनि बताइएको छ । तर, यो लोकप्रिय धारणालाई गलत सावित गर्दै भारतमा नयाँ तथ्य सार्वजनिक भएको छ । पछिल्लो समयमा गरिएको एक अध्ययनअनुसार भारतमा हुने सडक दुर्घटनामा ६ भागको एक भागमात्र मापसे गरेर सवारी चलाउने चालकका कारण हुने गरेको पाइएको छ ।

सेण्ट्रल रोड रिसर्च इन्ष्टिच्युट (सीआरआरआई)ले ५ वर्षको अवधिमा गरेको सर्वेक्षणअनुसार मापसे गरेर सवारी चलाउनेबाट ६ सय २० ओटा सडक दुर्घटना भएको थियो भने सभ्य तथा मापसे नगरिकन सवारी हाँक्नेबाट भने ३ हजार ३ सय १६ ओटा दुर्घटना भएका थिए । तीमध्ये ३ सय ७१ ओटा दुर्घटना प्राणघातक भएको र ९ सय ४२ ओटाचाहिँ गम्भीर प्रकृतिका रहेको बताइएको छ । त्यस्तै, मापसे नगरी सवारी हाँक्नेबाट भएको दुर्घटनामा १ अर्ब ४ करोड रूपयाको नोक्सानी भएको र मापसे गरेर सवारी चलाउनेबाट भएको सडक दुर्घटनामा २० करोड रूपयामात्र नोक्सान भएको प्रतिवेदनमा बताइएको छ । भारतका ११ ओटा राष्ट्रिय राजमार्गबाट सङ्कलित तथ्याङ्कका आधारमा यो प्रतिवेदन तयार पारिएको हो । यस तथ्याङ्कले देशभरिका प्रहरी चौकीमा दर्ता भएका दुर्घटनाका विवरण पनि समावेश गरिएको बताइएको छ ।

प्रतिवेदनका सहलेखक तथा सीआरआरआईका वैज्ञानिक एस भेलुमुरूगनले बताएअनुसार मापसे गरेर सवारी चलाउँदा भएको दुर्घटनामा सडक सुरक्षा र यातायात नियमको उच्चस्तरमा उल्लङ्घन गरिएको थियो । उनका अनुसार मापसे नगरेका ड्राइभरहरु संलग्न भएको दुर्घटनामा ९० प्रतिशत घटना राजमार्गलाई शहरसँग जोड्ने सडकमा भएको पाइयो । यस्ता सडकमा सवारी नियमहरुको कार्यान्वयन फितलो हुने गरेकोले यस्तो हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)