ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मार्जिन कारोबारको स्वीकृतिमा ढिलाइ : राष्ट्र बैंक र नेप्सेको नीतिगत व्यवस्था नै बाझियो

Mar 27, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । आफ्नो कार्यविधि र नेपाल राष्ट्र बैंकको निर्देशन फरक भएकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हालसम्म पनि मार्जिन कारोबारका लागि स्वीकृति प्रदान गर्न सकेको छैन । नेप्सेका अनुसार नीतिगत अस्पष्टताकै कारण स्वीकृतिको प्रक्रिया अगाडि बढाउन नसकिएको हो । राष्ट्र बैंकले गत पुस ११ मा जारी गरेको निर्देशनमा मार्जिन कारोबारका लागि नेपाल धितोपत्र बोर्डको सिफारिशमा स्वीकृति प्रदान गरिने उल्लेख छ । नेप्सेले तयार गरेको कार्यविधिमा भने मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) ले नेप्सेबाट अनुमति प्राप्त गर्नुपर्ने व्यवस्था छ । ब्रोकर कम्पनीबाट प्राप्त निवेदन तथा कागजात जाँचपछि सन्तोषजनक देखिएमा नेप्सेले मार्जिन कारोबार सेवा उपलब्ध गराउने अनुमति प्रदान गर्न सक्नेछ र त्यसको जानकारी बोर्डलाई गराउने नेप्सेको कार्यविधिमा उल्लेख छ । नेप्सेको कार्यविधिमा भएको व्यवस्था बमोजिम नै नीतिगत व्यवस्थाको माग गर्दै राष्ट्र बैंकलाई पत्राचार गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार हालसम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन १४ ओटा ब्रोकर कम्पनीले निवेदन दिएका छन् । तीमध्ये आधाभन्दा बढी कम्पनीले प्रक्रिया पूरा गरी निवेदन दिए पनि नीतिगत अन्योलले स्वीकृति प्रदान गर्न नसकिएको उनको भनाइ छ । नेप्सेले गत फागुन १४ मा सूचना जारी गरी ब्रोकरहरूसँग मार्जिन कारोबारका लागि आवेदन मागेको थियो । स्वीकृति माग्नेमा ब्रोकर नम्बर ४५, इम्पेरियल सेक्युुरिटिज, ब्रोक नम्बर ५७, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, ब्रोकर नम्बर ४४, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज, ब्रोकर नम्बर ३९, सुमेरू सेक्युरिटिज, ब्रोकर नम्बर १४ र नेपाल स्टक हाउस छन् । यस्तै, ब्रोकर नम्बर ४९, अनलाइन सेक्युरिटिज, ब्रोकर नम्बर ५८, नाशा सेक्युरिटिज, ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटिज, ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ३८, दीपशिखा, ब्रोकर नम्बर ५०, क्रिस्टल कञ्चनजंघा, ब्रोकर नम्बर ३३, दक्षिणकाली इन्भेस्टमेन्ट र ब्रोकर नम्बर ५९ र दिव्या सेक्युरिटिजले पनि स्वीकृति माग गरेका छन् । मार्जिन कारोबार उपलब्ध गराउने ब्रोकरको खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुनुपर्ने व्यवस्था छ । ब्रोकरले मार्जिन कारोबार उपलब्ध गराउँदा कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो २ आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको शेयरमा मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । धितोपत्र दलाल व्यवसायीले यो सुविधा आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म उपलब्ध गराउन सक्नेछन् । बोर्डको निर्देशनअनुसार सबै ब्रोकर कम्पनीले सूचीकृत संस्थाको शेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसैको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रूपमा लिनुपर्नेछ । ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग ४० प्रतिशत मार्जिन लिनुपर्ने प्रावधान छ । शेयरमा निहित जोखिमलाई ध्यानमा राखी ब्रोकर कम्पनीले ४० प्रतिशतभन्दा बढी मार्जिन माग गर्न सक्ने पनि धितोपत्र बोर्डको व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)