ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मार्जिन कारोबारको स्वीकृति दिन नेप्सेलाई बाटो खुल्यो, राष्ट्र बैंकको निर्देशिकामा संशोधन

Mar 28, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

चैत १४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत मार्जिन कारोबारको लागि स्विकति प्रदान गर्न बाटो खुलेको छ । यसअघि नेप्सेको कार्यविधि र नेपाल राष्ट्र बैंकको निर्देशन फरक परेकाले मार्जिन कारोबारका लागि ब्रोकर कम्पनीलाई नेप्सेले स्वीकृति प्रदान गर्न सकेको थिएन । राष्ट्र बैंकले एकिकृत निर्देशिकामा बिहीवार संशोधन गर्दै सो कारोबारको लागि ब्रोकरहरूले नेप्सेबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेकोले बाटो खुलेको हो ।

केन्द्रीय बैंकले गत पुस ११ मा जारी गरेको निर्देशनमा ‘मार्जिन कारोबारका लागि नेपाल धितोपत्र बोर्डको सिफारिसमा स्वीकृति प्रदान गरिने’ भन्ने अस्पष्ट व्यवस्था थियो । यता नेप्सेले तयार गरेको कार्यविधिमा भने मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)ले नेप्सेबाट अनुमति प्राप्त गर्नुपर्ने उल्लेख छ । ब्रोकर कम्पनीबाट प्राप्त निवेदन तथा कागजात जाँचपछि सन्तोषजनक देखिएमा नेप्सेले मार्जिन कारोबार सेवा उपलब्ध गराउने अनुमति प्रदान गर्न सक्नेछ र त्यसको जानकारी बोर्डलाई गराउने नेप्सेको कार्यविधिमा व्यवस्था छ ।

यस्तो बाझिएको व्यवस्थाका कारण नेप्सेबाट स्वीकृति दिन ढिलाइ भएको थियो । सो अस्पष्ट व्यवस्थालाई स्पष्ट पार्न नेप्सेले राष्ट्र बैंकलाई पत्र समेत पठाएको थियो । अबको व्यवस्थाअनुसार नेप्सेलाई स्वीकृति दिने अधिकार छ । तर नेपाल धितोपत्र बोर्डको नीति तथा निर्देशनलाई पालना गर्नुपर्ने छ । साथै, मार्जिन कारोबारको स्वीकृति दिँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ अनुसार स्वीकृति दिन नेप्सेलाई निर्देशन दिइएको परिपत्रमा उल्लेख छ । नेप्सेका अनुसार नीतिगत अस्पष्टताकै कारण स्वीकृतिको प्रक्रिया अगाडि बढाउन नसकिएको हो ।

नेप्सेमा हालसम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन १४ ओटा ब्रोकर कम्पनीले निवेदन दिएका छन् । तीमध्ये आधाभन्दा बढी कम्पनीले प्रक्रिया पूरा गरी निवेदन दिए पनि नीतिगत अन्योलले स्वीकृति प्रदान गर्न नसकिएको नेप्सेले बताएको छ ।

नेप्सेले गत फागुन १४ मा सूचना जारी गरी ब्रोकरहरूसँग मार्जिन कारोबारका लागि आवेदन मागेको थियो । कारोबारको स्वीकृति माग्नेहरुः

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)