ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यूनतम आम्दानी निश्चित गर्न जनमत सङ्ग्रह !

Oct 21, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

देशको सरकार चयनका लागि वा कुनै पनि कम्पनी वा समूहको सञ्चालक समिति चयन गर्न मतदान गर्ने गरेको हामी सबैलाई थाहै छ । तर, स्वीट्जरल्याण्डमा भने सबै वयष्कलाई न्यूनतम मासिक आम्दानी सुनिश्चित गर्न प्रस्तावमा मतदान गरिने भएको छ । सबै वयष्कको मासिक न्यूनतम आम्दानी २ हजार ८ सय डलर (२ हजार ५ सय स्वीस फ्र्याङ्क) हुनुपर्ने माग राखी स्वीट्जरल्याण्डका करीब १ लाख नागरिकले सरकारसमक्ष हस्ताक्षरसहितको मागपत्र हालै बुझाएका छन् ।
सरकारसमक्ष यस्तो खाले प्रस्ताव औपचारिक रुपमा राख्दा १ लाख २० हजार नागरिकको हस्ताक्षर आवश्यक हुन्छ । यस योजनाको समर्थनमा गरिएको एक सार्वजनिक प्रदर्शनमा एउटा ट्रकबाट ५ सेण्टका ८० लाख सिक्का सडकमा छरिएको थियो । स्वीस नागरिकको सङ्ख्या पनि करीब ८० लाख नै छ । यस विषयमा मतदानको औपचारिक मीति निर्धारण गर्न बाँकी नै भए तापनि सन् २०१४ को शुरूआतमै यो सम्पन्न हुने सम्भावना रहेको छ ।

यस प्रस्तावित योजनाका लागि देशको सामाजिक बीमा प्रणालीबाट रकम जुटाइने प्रस्ताव छ । सामाजिक बीमा प्रणालीले यसअघि पनि सबै नागरिकको स्वास्थ्य सेवा तथा अन्य सामाजिक सुरक्षा व्यवस्थाका लागि रकम जुटाउँदै आएको छ ।

जनमतसङ्ग्रहको माग गर्न चाहिने जनताको न्यूनतम सङ्ख्या अपेक्षाकृत कम रहेकाले स्वीट्जरल्याण्डमा हरेक वर्ष सार्वजनिक विषयमा जनमतसङ्ग्रह हुने गरेको छ । उदाहरणका लागि, आगामी नोभेम्बर २४ तारिखमा पनि एउटा जनमतसङ्ग्रह हुँदैछ, जसमा राखिएको प्रस्ताव पारित  भएमा  स्वीट्जरल्याण्डका कम्पनीहरुका अधिकारीहरुले पाउने तलब सोही कम्पनीका तल्लो तहका कर्मचारीबराबर हुनेछ ।

यदि यो प्रस्ताव सर्वसम्मतिले पारित भएमा आफ्नो कम्पनीलाई देशबाहिर लैजानेबारे आफूले विचार गरिरहेको स्वीट्जरल्याण्डका एक प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । ‘स्वीट्जरल्याण्डले अर्थतन्त्रमा यति ठूलो हानि गर्छ भन्ने कुरा म विश्वास नै गर्न सक्दिनँ,’ ग्लेनकोरका प्रमुख कार्यकारी अधिकारी इभान ग्लानसवर्गले स्वीस ब्रोडकाष्टिङ कर्पोरेशनलाई भने । ‘मैले यो कम्पनीको प्रमुखको नाताले नभई स्वीस नागरिकको हैसियतले भनेको हुँ,’ उनको कथन छ । यस कदमको प्रभाव नेस्ले, नोभार्टिस र रोचेलगायतका स्वीस कम्पनीहरुमा पनि दुखद हुने ग्लेनकोरको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)