ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५६ प्रतिशत बजेट खर्च हुन सकेन

Apr 7, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
खर्च सुधार्न दिइएको आयोगको सुझाव नै गायब काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा सरकारले विनियोजन गरेको बजेटमध्ये ५६ प्रतिशत खर्च हुन सकेको छैन । सरकारले चालू आवका लागि रू. १३ खर्ब १५ अर्ब भन्दा बढीको बजेट ल्याएको थियो । सरकारले गत फागुनमा बजेटको आकार घटाउँदै अर्धवार्षिक समीक्षामार्फत रू. ११ खर्ब ९९ अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत २२ सम्ममा त्यसमध्ये हालसम्म रू. ५ खर्ब ८९ अर्ब खर्च भएको छ । यो खर्च कुल बजेटको ४४ दशमलव ८३ प्रतिशत मात्रै हो । यस हिसाबबाट सरकारले अझै ५६ प्रतिशत बजेट खर्च गर्न बाँकी छ । सरकारले चालू आवको अन्त्यसम्ममा चालूतर्फ ९४ दशमलव ४ प्रतिशत खर्च गर्ने अर्धवार्षिक समीक्षा मार्पmत प्रक्षेपण गरेको थियो । तर, चालू खर्च ५२ दशमलव २० प्रतिशत मात्र भएको छ । यस्तै, पूँजीगत (विकास) तर्फ ८४ दशमलव ५ प्रतिशत खर्च हुने अनुमान गरिएकामा ३२ दशमलव ६९ प्रतिशत तथा वित्तीयतर्फ ९१ दशमलव २ प्रतिशत खर्च हुने अनुमान गरिएकामा २८ दशमलव ९५ प्रतिशत मात्रै यो अवधिमा खर्च भएको छ । सरकारले अर्धवार्षिक समीक्षा मार्फत चालू आवमा खर्च बढाउन सरकारले विनियोजित बजेट खर्च नगर्ने आयोजनालाई छुट्याइएको रकम रकमान्तर गर्ने, भुक्तानी प्रणालीलाई थप सहज बनाउने र मन्त्रालयहरूको खर्च क्षमता विस्तार गर्ने योजना अगाडि सारेको थियो । तर, खर्चको अनुपात खासै बढ्न सकेको छैन । चैत २३ सम्ममा सबैभन्दा बढी बजेट खर्च गर्ने निकायहरूमा उपराष्ट्रपतिको कार्यालयले ८४ र दोस्रोमा न्यायपरिषद्ले ६८ दशमलव ७ प्रतिशत छ । अधिकांश विकासे अड्डाले उत्साहजनक तवरले बजेट नै खर्च गर्न सकेका छैनन् । खर्च सुधार्न बनेको प्रतिवेदन गुमनाम बजेट खर्चमा देखिएको समस्या र वित्त क्षेत्रमा देखिएका चुनौती हल गर्न सुझाव संकलनका लागि सरकारले गत भदौ ३ मा सार्वजनिक खर्च पुनरवलोकन आयोग गठन ग¥यो । अर्थविद् डा. डिल्लीराज खनाल अध्यक्ष रहेको आयोगमा महालेखा नियन्त्रक सुरेश प्रधान, पूर्वसचिव दुर्गादेवी शर्मा, डा. शिवराज अधिकारी सदस्य र अर्थ मन्त्रालयका सहसचिव मुकुन्द पौडेल सदस्य सचिव थिए । आयोगले सुझाव सहितको प्रतिवेदन माघमै बुझाए पनि सरकारले त्यसलाई सार्वजनिक गरेको छैन । आयोगले दिएको सुझावमा खर्च प्रणालीमा व्यापक सुधारको खाँचो औंल्याइएको छ । प्रतिवेदन सार्वजनिक नहुँदा सरकार नै वित्तीय व्यवस्थापनमा देखिएको चुनौती र खर्च प्रणाली सुधारमा उदासीन रहेको स्पष्ट देखिएको छ । उक्त प्रतिवेदन सरकारले सार्वजनिक नगरेकामा संघीय संसद्को अर्थ समितिले हालै अर्थ मन्त्रालयसँग आन्तरिक सोधपुछ गरेको समितिका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार अर्थका अधिकारीहरूले मन्त्रिपरिषद्मा गएर प्रतिवेदन रोकिएको जवाफ दिँदै आएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)