ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकसाथ ६ ओटा खेतीको बीमालेख तयारी

Apr 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
समेटिँदै सुन्तला, कागती, जुनार, आँप, धान र किवी काठमाडौं । बीमा समितिले एकसाथ ६ ओटा बालीलाई बीमामा समेट्ने तयारी थालेको छ । सुन्तला, जुनार, कागती, आँप, धान र किवीको बीमालेख तयार पार्ने गृहकार्यमा समिति लागेको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार सुन्तला, जुनार र कागती खेतीको संयुक्त बीमालेख तयार गरिनेछ । ती फलफूलको प्रकृति एउटै भएकाले संयुक्त बीमालेख बनाउन लागिएको हो । आँप, धान र किवी खेतीका लागि भने छुट्टाछुट्टै बीमालेख तयार गरिने चापागाईंले जानकारी दिए । बीमालेख बनाउन विज्ञ र प्राविधिकहरूसँग समितिले छलफल गरिरहेको छ । यसअघि कृषि तथा बाली बीमा अन्तर्गत २२ ओटा बीमालेख लागू भइसकेको छ । हालसम्म धान खेतीको लागतका आधारमा बीमा गर्ने व्यवस्था छ । अब उत्पादन क्षमताको आधारमा पनि धानखेतीको बीमा गर्न लागिएको हो । अन्य खेतीको बीमा पनि उत्पादन मूल्यकै आधारमा गर्ने समितिको तयारी छ । सम्बद्ध किसानको रू. २ लाख बराबरको दुर्घटना बीमा हुने व्यवस्था पनि बीमालेखमा गरिने समितिले जानकारी दिएको छ । समितिका अनुसार निर्जीवन बीमा कम्पनी मार्फत यस्तो बीमा गरिनेछ । सुन्तला, कागती र जुनार खेती बीमालेखको खाका चालू आर्थिक वर्ष २०७५÷७६ भित्रै लागू गरिने समितिले जानकारी दिएको छ । सम्बद्ध खेतीमा हुने जोखिमका आधारमा बीमाशुल्क निर्धारण गरिनेछ, जसअनुसार सुन्तला, किवी, धानको हकमा फरक फरक बीमाशुल्क निर्धारण हुनेछ । साथै, उत्पादन क्षमताका आधारमा सम्बद्ध खेतीको बीमांक निर्धारण गरिनेछ । बीमांकको ५ देखि ७ प्रतिशतसम्मको दरमा बीमाशुल्क निर्धारण हुन सक्ने समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । उनका अनुसार जोखिमका आधारमा बीमाशुल्कको दर थपघट हुन सक्छ । माछापालन बीमालेख परिमार्जन हुँदै समितिले माछापालन बीमालेख पनि परिमार्जन गर्ने भएको छ । त्यस सम्बन्धी बीमालाई समयानुकूल बनाउने गरी बीमालेख परिमार्जन गर्न लागिएको उपनिर्देशक सापकोटाले बताए । ‘यसको तयारी अन्तिम चरणमा पुगेको छ । सम्भवतः २०७६ वैशाखभित्र माछापालन सम्बन्धी नयाँ बीमालेख आउनेछ,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)