ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतारोहणको वसन्त मौसम : ६१६ आरोहीलाई अनुमति

Apr 11, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मौसम मानिने वसन्त ऋतु शुरू भएयता पर्यटन विभागले २० ओटा हिमाल तथा चुचुराका लागि आरोहण अनुमति जारी गरेको छ । बुधवारसम्म ७० ओटा दलमार्फत ६१६ जनाले अनुमति पाइसकेका छन् । त्यसमध्ये सगरमाथा आरोहणका लागि मात्रै २६ दलका २८८ जनाले अनुमति पाएका छन् । तीमध्ये ४९ जना महिला आरोही छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा बढी भारतका नौ महिलासहित ६७ आरोहीले अनुमति लिएका छन् । यस्तै, अमेरिकाका चार महिलासहित ६३ आरोहीले सगरमाथा आरोहण गर्दै छन् । सगरमाथाका लागि बेलायतका ३९, चीनका ४० र क्यानडाका सात आरोहीले अनुमति पाएको विभागले जानकारी दिएको छ । नेपालका भने ६ महिलासहित १२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । हिमाल आरोहणका तीन मौसममध्ये वसन्त ऋतुमा सबैभन्दा बढी ‘क्रेज’ रहेको विभागको तथ्यांकले देखाउँछ । सगरमाथादेखि थापा पीकसम्मयस मौसमका लागि सगरमाथासहित अमादब्लाम, ल्होत्से, मकालु, नुप्त्से, अन्नपूर्ण, धवलागिरि, कञ्चनजंघा, कुम्भकर्ण, पुमोरी, लाङटाङ हिमाल आरोहणका लागि आरोहीहरूले अनुमति लिएका छन् । यस्तै, रत्नाचुली, चम्लाङ, छोपाबामरे, ग्याल्जेन, हिमजुङ, पासाङल्हामु, हिमलुङ हिमाल, सरिबुङ र थापा पीक आरोहणका लागि अनुमति जारी गरिएको छ । सरकारले सन् २०१९ का लागि नयाँ हिमाल र चुचुराहरूमा आरोहण अनुमति जारी गरेको छैन । विभागका अनुसार ती दल र आरोहीबाट रू. ३९ करोड १५ लाख ४१ हजार राजस्व संकलन भएको छ । त्यसमध्ये सबैभन्दा बढी सगरमाथाका लागि जारी गरिएको अनुमतिबाट रू. ३४ करोड ७४ लाख ७२ हजार राजस्व संकलन भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)