ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी गाडी दुरुपयोग रोक्न जीपीएस !

Oct 28, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा सरकारी स्रोत तथा साधन दुरूपयोग हुने गरेको छ । सरकारी कर्मचारीहरुबाट दुरूपयोग गरिनेमा गाडी, कम्प्युटरलगायतका वस्तुहरु अग्रपङ्क्तिमा पर्छन् । चीनले सरकारी गाडीको दुरूपयोग रोक्न गाडीमा ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस) प्रणाली जडान गर्ने तयारी गरिरहेको छ । त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सरकारले बढ्दो भ्रष्टाचार कम गर्न यो योजना ल्याउन थालेको हो ।

कर्मचारीहरुले सरकारी गाडीको उपयोग कार्यालय प्रयोजनभन्दा पनि व्यक्तिगत कामका लागि बढी गर्ने गरेको पाइएको छ । चीनमा करीब २ लाखओटा सरकारी गाडी निजी प्रयोजनका लागि दुरूपयोग हुने गरेको सेण्ट्रल कमिशन फर डिसिप्लिन इन्स्पेक्शनको भनाइलाई उद्धृत गर्दै बेइजिङ टाइम्सले छापेको छ । यसका साथै आयोगले मन्त्रालय तथा क्षेत्रीयस्तरका कार्यालयहरुसँग गाडीमा हुने खर्चको विस्तृत जानकारी पेश गर्नसमेत भनेको छ ।

यसअघि सन् २०११ मा चीनको दक्षिणी शहर ग्वाङजोउमा जीपीएस प्रणालीको प्रयोसम्बन्धी यस्तै योजना ल्याइएको थियो । यसबाट शहरको कारको खर्चमा वर्षेनि ४ करोड २० लाख युआन (६८ लाख ७० हजार डलर) बचेको चिनियाँ कम्युनिष्ट पार्टीको ग्राफ्ट वाचडगले बताएको छ । मार्चको शुरुमा राष्ट्रपतिको कार्यभार सम्भालेका सी जिनपिङले भ्रष्टाचारलाई पार्टीको अस्तित्वमा खतराको सङ्ज्ञा दिँदै साना–ठूला हरेक प्रकारका भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)