ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुबाट उत्सर्जित ग्यास इन्धनमा प्रयोग !

Oct 29, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

जैविक इन्धनले मात्र विश्व वातावरण प्रदूषित पार्ने आमधारणा छ । तर, वातावरण प्रदूषित पार्न पशुबाट उत्सर्जित ग्यासले पनि भूमिका निर्वाह गर्ने गरेको पाइएको छ । यस किसिमको पशु ग्यास उत्सर्जनबाट हुने प्रदूषण कम गर्न अर्जेण्टिनाका वैज्ञानिकहरुले नयाँ मार्ग फेला पारेका छन् । ग्रीन हाउस ग्यासका कारण सृजना भइरहेको विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ)मा अङ्कुश लगाउन उनीहरुले गाई तथा गोजातीय प्राणीको पाचन प्रणालीबाट निस्किएको ग्यासलाई इन्धनका रुपमा प्रयोग गर्ने उपाय पत्ता लगाएका हुन् ।

अर्जेण्टिनाको नेशनल इन्ष्टिच्युट अफ एग्रिकल्चरल टेक्नोलोजी (आईएनटीए)ले विकास गरेको भल्भ र पम्पको प्रयोगबाट गोजातीय प्राणीको पाचन प्रणालीबाट निस्किएको ग्यास ट्युबको माध्यमबाट एउटा ट्याङ्कीमा जम्मा गरिन्छ । त्यसपछि जम्मा भएको ग्यासबाट मिथेन र कार्बन डायोअक्साइडजस्ता ग्यास अलग गने प्रक्रिया शुरु हन्छ । कारदेखि ऊर्जा उत्पादनमा समेत इन्धनका रुपमा प्रयोग हुने मिथेन ग्यास प्राकृतिक ग्यासको मुख्य अंश रहेको छ । ‘मिथेन ग्यास सङ्कुचित भएपछि प्राकृतिक ग्यासकै स्वरुपमा आउँछ,’ आईएनटीएका एनिमल फिजियोलोजीका प्रमुख गुइलर्मो बर्राले भने । ‘यहाँ सुझाइएको उपाय तत्कालका लागि व्यावहारिक ऊर्जास्रोत नभए पनि सन् २०५० सम्म जब जैविक इन्धनको भण्डार खतरामा पर्छ, त्यतिखेर यो उचित वैकल्पिक उपाय हुन सक्छ,’ उनले भने ।

पशुहरुले हरेक दिन २ सय ५० र ३ सय लिटर मिथेन ग्यास उत्सर्जन गर्ने गरेको पाइएको छ । यो ऊर्जा एउटा रेफ्रिजेरेटरलाई २४ घण्टासम्म चालू राख्न पर्याप्त हुने वैज्ञानिकको दाबी रहेको छ । गाईको मासु निर्यातमा अर्जेण्टिना विश्वमै अगाडि रहेको छ । त्यहाँ करीब ५ करोड १० लाख पशु छन् । त्यस्तै उनीहरुले उत्सर्जन गर्ने ग्यासले अर्जेण्टिनाको ग्रीन हाउसबाट हुने ग्यास उत्सर्जनको ३० प्रतिशत अंश ओगट्ने आईएनटीएले बताएको छ । ग्यासमा भएको मिथेनले ग्लोबल वार्मिङमा कार्बन डायोअक्साइडको तुलनामा २३ गुणा बढी प्रभाव पार्ने गरेको पाइएको छ । ‘यस उपायले मिथेनको उत्सर्जन कम गर्न पनि सहयोग पुर्‍याउने छ,’ बर्राले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)