ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाडी किन्न ४ महीनामा रू. ८ अर्ब

Apr 16, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
नीतिगत कडाइपछि पनि अटो लोन बढ्दै काठमाडौं । सवारीसाधन कर्जा (अटो लोन) दिन राष्ट्र बैंकले नीतिगत कडाइ गरे पनि यस्तो कर्जा बढ्दैै गएको छ । गत कात्तिक मसान्तदेखि फागुन मसान्तबीचको ४ महीनामा मात्र बैंक तथा वित्तीय संस्थाले ८ अर्ब १७ करोड रुपैयाँको अटो लोन प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको शुरूका ४ महीना (साउन–कात्तिक) को तुलनामा त्यसपछिका ४ महीना (मङ्सिर–फागुन) मा अटो लोन ४ दशमलव ४२ प्रतिशतले बढेको हो । कात्तिक मसान्तसम्म यस्तो कुल कर्जा रू. १ खर्ब ७६ अर्ब थियो भने फागुन मसान्तसम्ममा १ खर्ब ८४ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । निजी सवारीसाधन खरीद गर्न बैंकहरूले बजार मूल्यको ६५ प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था रहेकोमा राष्ट्र बैंकले गत कात्तिकमा यसको सीमा ५० प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकले अटो लोनलाई उत्पादनमूलक मानेको छैन भने बैंक तथा वित्तीय संस्थाहरू सवारीसाधनका कारण उत्पादनमा वृद्धि हुने भन्दै यसलाई उत्पादनमूलक मान्छन् । बैंकबाट ऋण लिएर गाडी किन्ने र मासिक रूपमा किस्ता तिर्दै जाने प्रचलनमा वृद्धि हुँदा सवारी कर्जा प्रवाह बढ्न थालेको हो । व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा भने ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । न्यूनतम ४० सीटका सार्वजनिक यातायात, निर्माण कार्य, पर्यटन, शिक्षा, स्वास्थ्य र ढुवानी सेवाका सवारीमा जाने कर्जामा चाहिँ यस्तो सीमा लागू गरिएको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)